ओली भोलि दार्चुला जाँदै, एमालेको चुनावी सभा पश्चिमबाट

 

काठमाडौं १७ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले चुनावी सभा पश्चिम नेपालबाट शुरु गर्ने भएको छ । एमालेले दार्चुलाको खलंगामा शुक्रबार चुनावी सभा गरेर अभियान शुरु गर्ने भएको हो ।

त्यसका लागि एमाले अध्यक्ष केपी ओली शुक्रबार नै दार्चुला जाँदैछन् । उनले शुक्रबार नै बैतडी र कञ्चनपुरमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ । ओलीले चुनावी सभामा सहभागी हुन हेलिकोप्टर प्रयोग गर्न एमालेले निर्वाचन आयोगबाट अनुमति लिइसकेका छन् ।

सुदूरपश्चिम पश्चात ओली कर्णालीका सुर्खेत र दैलेखमा आयोजना हुने सभालाई सम्बोधन गर्नेछन् । त्यसपछि लुम्बिनी पुग्ने छन् । उनी कम्तीमा १८ देखि २७ कात्तिकसम्म जिल्लाका सभाहरूमा सहभागी हुने एमालेले जनाएको छ । एमाले केन्द्रीय प्रचार विभागका सचिव गगन विष्टका अनुसार ओलीले ९ दिनमा कम्तीमा ४० जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने गरी प्रारम्भिक कार्यतालिका तय भएको छ ।

शेयर गरौ

ताजा अपडेट