नवलपुरको बुलिङटारमा बस दुर्घटना ५ जनाको मृत्यु , २५ घाइते

 

चितवन, १३ कात्तिक । पाल्पाबाट गोरखाको मनकामना दर्शनका लागि जान आउदै गरेको बस नवलपुरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनमा परि २५ जना घाईते भएका छन् ।
मनकामना दर्शनका लागि जान आउँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटार गाउपालिका वडा नं. २ मथारमा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै ज्यान गएको बुलिङटार प्रहरीले जनाएको छ । मृत्यु हुनेमा तीनजना महिला र दुइजना पुरुष रहेको प्रहरीले जनाएको छ ।
विहान ४ बजे भएको दुर्घटनाका घाइतेहरुलाई उद्धार गरि चितवन ल्याउने तयारी भैरहेको छ । घटनाका सम्वन्धमा थप विवरण आउन बाँकी छ ।

शेयर गरौ

ताजा अपडेट