एमालेको सरकारले वेरोजगार समस्या समाधान गर्छ : नेता पोखरेल

 

चितवन १२ कार्तिक । नेकपा एमालेका नेता तथा चितवन निर्वाचन क्षेत्र नम्बर २ का उमेदवार कृष्णभक्त पोखरेलले नेकपा एमालेको नेतृत्वमा बन्ने सरकारले समय अनुकुलको शिक्षा प्रणाली लागू गरेर वेरोजगार समस्या समाधान गर्ने बताउनु भयो ।
शनिवार भरतपुर ११ मा भएको एक कार्यक्रममा उहाले नेकपा एमालेसँग मात्र विकास र देश निर्माणको योजना रहेको बताउनु भयो । नेपालको शिक्षा प्रणालीलाई समय अनुकुल बनाएर बेरोजगार समस्या हल गर्ने बताउनु भयो ।उहाले एमालेको सरकारले सुरु गरेको स्वास्थ्य विमा कार्यक्रमलाइ अझ प्रभावकारी बनाउन कम्तीमा २ लाख बराबरको उपचार गर्ने व्यबस्था एमालेले गर्ने बताउनु भयो ।
वृद्धभत्ता वृद्धि गर्ने, उपचारको ग्यारेन्टी सरकारले गर्ने, स्वरोजगारका कार्यक्रम ल्याउने र जनताको जीवन स्तर वृद्धि गर्ने बताउनु भयो ।
कार्यक्रममा निर्वाचन क्षेत्र न २ को २ का उमेदवार देवी ज्ञवालीले एमालेले गरेको विकासको जस अर्को पार्टीले गरेको बताउनु भयो ।उहाले काम गर्ने पार्टी एमालेलाइ मतदान गर्न आग्रह गर्न भयो ।कार्यक्रममा एमाले नेता डम्बर गुरुङले स्थानिय समस्याको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रम खिन्तबहादुर जिसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

शेयर गरौ

ताजा अपडेट