रूपन्देही ११ कार्तिक ।अर्घाखाँचीमा दुई मोटरसाइकल दुर्घटनामा पर्दा दुई जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।
सन्धिखर्क नगरपालिका वडा नं १० शिखरबार्नीमा निर्माणाधीन विमानस्थलको रनवेमा गएराति मोटरसाइकल चलाउने क्रममा अनियन्त्रित भई दुई मोटरसाइकल दुर्घटनामा परेका थिए।
घटनाका प्रदेश नम्बर २,०३८.प.५०३२ नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा रहेका सन्धिखर्क १ का २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
त्यसैगरी बा २५ प ८८७६ नम्बरको मोटरसाइकलमा रहेका सन्धिखर्क २ आटिकापाटा निवासी ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते भएका छन्।
घाइतेको बुटवलस्थित मर्सिसिटी हस्पिटलमा उपचार भइरहेको प्रहरीको भनाइ छ। रातीको समयमा मोटरसाइकल ओभर स्पिडका कारण घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।