दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएका थिए । यसपालिको तिहारमा साढे २४ लाखभन्दा धेरै फूलमालाको कारोबार भएको फ्लोरिकल्चर एसोशियसनका अध्यक्ष मीनबहादुर तामाङले बताउनुभयो। यस्तै, तिहारका लागि मात्रै भनेर झण्डै ७५ करोड रुपैयाँ बराबरको फलफूल आयात भएको छ ।
तिहार सकिएसँगै छठ पर्वको रौनक सुरु भएको छ । सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वको रुपमा लिइन्छ । अहिले जनकपुरधामसहित तराई–मधेसमा छठको रौनक शुरु भएको छ ।
लक्ष्मीपूजाको चार दिनपछि अर्थात् कात्तिक शुक्लपक्षको चौथी तीथिका दिनबाट छठ पर्व विधिवत रूपमा आरम्भ हुन्छ।
काठमाडौं उपत्यकाका विभिन्न पोखरी तलाउमा पनि छठ पर्वको दिन छठी माताको पूजा अर्चना गरिन्छ । पर्सि आइतवार छठको मुख्य दिन सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।