क्यानडा, युके र युएसए लागि एक्सपर्टको सेमीनार, ५ सय बढी विद्यार्थी सहभागी

चितवन, ४ कात्तिक । पछिल्लो समय उच्च शिक्षा अध्यनका लागि विद्यार्थीहरुको रोजाईमा पर्ने गरेको क्यानडाका लागि एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनले वृहत सेमीनार सम्पन्न गरेको छ ।
आज (बिहीबार) भरतपुर–१०, स्थित आफ्नै एक्सपर्ट भवनमा गरिएको सेमीनारमा ५ सय भन्दा बढी विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहेको थियो । उनीहरुले क्यानडासंगै युके र अमेरिकाका प्रतिनिधिहरुबाट प्रत्यक्ष रुपमा परामर्श लिएका थिए । विद्यार्थीका लागि चाहिने शैक्षिक योग्यता, बैङकिङ प्रक्रिया, कलेज तथा विश्वविद्यालयको अवस्थाको बारेमा सेमीनारमा जानकारी गराईएको थियो ।
एकदिने सेमीनारमा विद्यार्थी तथा अभिभावकको उत्साहजनक सहभागिता रहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज चितवनका निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । उनले सेमीनारबाट विद्यार्थीहरुले धेरै विषयमा लाभ लिएको बताए । ‘अहिले विशेषगरि अष्ट्रेलिया पश्चात रोजाईमा क्यानडा पर्ने गरेको छ, त्यहाँका प्रतिनिधिबाट विद्यार्थी तथा अभिभावक आफैले सबै जिज्ञाशाको समाधन गर्न पाएका छन्’–निर्देशक अधिकारीले भने ।
सेमीनारमा क्यानडाका १० वटा कलेज तथा विश्वविद्यालयका प्रतिनिधि, युकेका १९ वटा कलेज तथा विश्वविद्यालयका प्रतिनिधि र युएसएका २२ वटा कलेज तथा विश्वविद्यालयका प्रतिनिधिहरुले प्रत्यक्ष रुपमा त्यहाँ अध्ययन गर्न आवश्यक मापदण्ड र शिक्षाको बारेमा प्रत्यक्ष रुपमा परामर्श दिएका थिए । सेमीनार विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म संचालन भएको थियो ।
अष्ट्रेलियाका लागि ख्याती प्राप्त एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले अब क्यानडा, युके र अमेरिका जान चाहने विद्यार्थीहरु लक्षित गर्दै सेमीनारहरु आयोजना गर्न थालेको छ । पछिल्लो समय एक्सपर्टबाट क्यानडा अध्ययन गर्न जाने विद्यार्थीहरुको संख्या बढ्दो क्रममा छ । त्यसैले एक्सपर्ट अब अष्ट्रेलिया मात्र नभई क्यानडा भनेर पनि चिनिन थालेको छ ।

 

शेयर गरौ

ताजा अपडेट