एमालेले भन्याे, “कृष्णभक्त चितवनकाे गाैरव हाे,जीत सुनिश्चित “

चितवन ,३ कार्तिक ।

नेकपा एमालेले चितवन क्षेत्र नम्बर-२ निर्वाचन प्रचारप्रसार समितिकाे कार्यालय बिहीबार उद्घाटन गरेकाे छ ।
उमेदवार र स्थानीय नेता कार्यकर्ताहरुकाे उपस्थितिमा पार्टी स्थायी कमिटी सदस्य सीताकुमारी पाैडेलले कार्यालयकाे उद्घाटन गर्नुभएको हाे ।
साे क्रममा एमाले नेताहरूले चितवन-२ मा सूर्यध्वजाबाहक उमेदवारहरुकाे जीत सुनिश्चित रहेको दाबी गरे ।
एमालेबाट चितवन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य उमेदवार कृष्णभक्त पाेखरेल र प्रदेश सभा २(१) मा कृष्णप्रसाद सिलवाल र २(२) मा देवीप्रसाद ज्ञवाली उमेदवार छन् ।
कार्यलय उद्घाटनका क्रममा महिला नेतृ पाैडेलले एमालेकाे बिचार र दृष्टिकोण, पार्टी संगठनकाे अवस्था साथै उमेदवारहरुकाे लाेकप्रियताका कारण
चितवन-२ मा जीत सुनिश्चित रहेको बताउनुभयाे ।
महिला मैत्री कानुन निर्माणमा एमालेका तर्फबाट कृष्णभक्त पाेखरेलले खेलेको भुमिका प्रशंसनीय रहेको पाैडेलले बताउनुभयो ।

प्रदेश सभा सदस्य उमेदवार एवम् एमाले पाेलिट्ब्युराे सदस्य ज्ञवालीले समृद्ध नेपाल सुखी नेपालीकाे संकल्प एमालेबाट मात्रै पूरा हुने बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य उमेदवार पाेखरेलले बिगत कार्यकालमा संबिधान , कानुन निर्माण र क्षेत्र बिकासमा भए गरिएका काम र मुलुककाे आर्थिक समृद्धि , राष्ट्रियताकाे संबर्द्धनमा एमालेले लिएको संकल्प नै जीतको आधार रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्याैपानेले प्रतिनिधि सभा सदस्य उमेदवार कृष्णभक्त प्रति सिंगाे जिल्लाले गर्व गर्नुपर्ने धारणा राख्नुभयाे ।
“संबिधानकाे मस्यौदाकार र कानुन समितिकाे सभापतिका रुपमा उहाँले संसदमा खेलेको भुमिका प्रति आम चितवनबासीले गर्व महसुस गर्नुपर्दछ” न्याैपानेले भन्नुभयो , कृष्णभक्त चितवनकाे गाैरव हाे ।
मुलुक अहिले हरेक हिसाबले संकटमा रहेकोले यसलाई माेचन गर्न नेकपा एमालेकाे सरकारकाे जरुरत रहेको उहाँको भनाई छ ।
सरकार बनाउने संसदीय गणितकाे तागत एमालेले राख्ने भएकोले एमाले उमेदवारहरुलाई बिजयी गराउन जिल्ला अध्यक्ष न्याैपानेले अपिल गर्नुभयो ।
यहाँ चुनावी मैदानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने प्रति संकेत गर्दै उहाले एजेन्डा बिहिन पार्टी बनाएर जनताको सेवा संभव नरहेकाे बताउनुभयो ।
“उहाँले जितेर न सरकार बनाउन सक्नुहुन्छ, न जनताकाे आँकाक्षा पूरा गर्न सक्नुहुन्छ त्यसैले मतदाताहरु भ्रममा पर्नु आवश्यक छैन ” न्याैपानेले भन्नुभयो ।
बर्तमान गठवन्धन सरकारकाे कारण देशमा चरम आर्थिक संकट, राष्ट्रियता र जनजिविकामा चुनाैती बढेकाले एमालेकाे सरकार अपरिहार्य भएको उहाँको भनाई थियाे ।
प्रचार समिति संयाेजक बिजय सुवेदीकाे अध्यक्षतामा भएको कार्यक्रममा एमाले नेता तिलचन्द्र भट्टराई , तेजेन्द्र खड्का लगायतले शुभकामना ब्यक्त गर्नुभयो ।
कार्यक्रममा समानुपातिक तर्फका उमेदवारहरु प्रतिनिधि सभाका पुरुषाेत्तम न्याैपाने, प्रदेश सभाका सुनिता अधिकारी , सरस्वती कतिला शाह लगायत पनि उपस्थित हुनुहुन्थ्यो ।

शेयर गरौ

ताजा अपडेट