काठमाण्डौं । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशन कार्तिक १९–२० काठमाण्डौंमा हुने भएको छ ।
अधिवेशनको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । दुई दिनसम्म चल्ने यस अघिवेशनमा प्रवासी नेपाली मञ्चका संसारभरीका संगठनहरुबाट चुनिएर करिव ३५०जना प्रतिनिधिको सहभागिता रहनेछ । यस अधिवेशनलाई भव्यरुपमा सम्पन्न गर्न विभिन्न उपसमितिहरू वनाईएका छन ।
नेपालमा सम्पर्क कार्यलयबाट अधिवेशनको तयारी शुरू भएको छ । अधिवेशन विशेषको प्रतिक चिन्ह ‘लोगो’ लाई आइतबार नेकपा एमालेका उपमाहसचिव विष्णु रिमालले एक कार्यक्रमको विच सार्वजनिक गर्नु भएको छ । नेपाल र नेपाली भावनासंग जोडिएको यस लोगोमा महिलाशक्तिको प्रतिक रातो रंगको अर्धगोलाकार भाग र अर्को पुरुषशक्तिको प्रतिक निलो रंगको अर्धगोलाकारको भाग समेटिएको छ । सबल प्रवासः समृद्ध नेपाल, सुखी नेपालीलाई अधिवेशनको मूल नारा बनाईएको छ ।
यस प्रथम ऐतिहासिक अधिवेशनले प्रवासी नेपाली मञ्चको सिद्धान्त, नीति, कार्यक्रम र बिधि–बिधान तर्जुमा गर्नुका साथै अन्तर्राष्ट्रिय नेतृत्व समेत चयन गर्नेछ ।
