चितवन ३० असोज । चितवनको निर्वाचन क्षेत्र नं. २ नेकपा एमाले प्रतिनिधिसभा सदस्य पदका उमेदवार कृष्णभक्त पोखरेलले नेकपा एमालेले सुरुवात गरेको विकासको जगमा टेकेर सरकारले काम गर्दै आएको बताउनु भएको छ ।
निर्वाचन क्षेत्रको पार्टीको कार्यक्रममा आइतबार सम्वोधन गर्दै उहाले आफ्नोगाउ आफै बनाऔ भन्ने नारा लिएर एमालेको नेतृत्वले नै स्थानीय सरकारलाई बजेट निकासा गर्न सुरुवात गरेको बताउनु भयो । एमालेले गरेको त्यो कार्यले अहिले पालिकाहरुमा करोडौको बजेट आएर विकास गर्न पाएको बताउनुभयो ।
राजनीतिक दल तथा तीनबाट विजयी भएर गएकाले केही गरेर भन्दै कुप्रचार भइराखेको भन्दै उहाले भन्नुभयो विकासको मोडल ल्याउने पार्टी भनेकै एमाले रहेकाले जनताको आशा र भरोसा एमालेमा मात्र रहेको बताउनुभयो । एमाले संग देशको मुहार फेर्ने दीर्घकालिन योजना रहेको बताउनुभयो । केही खराव प्रवृति भएका व्यक्तिको कामको कारण सिंगो राजनीतिक दललाई गाली गर्ने र उनीहरुको विकल्प खोज्ने समय नआएको बताउनुभयो । कार्यक्रममा उहाले, चुच्चे नक्सा, वृद्ध भत्ता, कानुन निर्माण सिमाको विषयमा आवाज, सुशासन, विकासका मोडल, पुर्वाधार निर्माण यति धेरै काम गर्ने पार्टीको कामको विषयमा जनता समक्ष पुन स्मरण गराउनु पर्नेमा जोड दिनुभयो ।
नेकपा एमाले भरतपुर वडा नं. १० कमिटीले आयोजना गरेको कार्यक्रममा वडा अध्यक्ष नहेन्द्र खड्का, वडा सचिव वद्री खनाललगायतले मन्तव्य राख्नु भएको थियो ।