सबै काम गरेर लालपुर्जा बाढ्ने तयारी गरेको थिए आयोगबाट मलाइ हटाए : ज्ञवाली

चितवन ३० असोज । नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा सुकुम्वासी समस्या समाधान आयोगका पूर्व प्रमुख देवी ज्ञवालीले सवै काम गरेर सुकुम्वासीलाई लालपुर्जा दिने तयारी गर्न लागेको समयमा सरकारले नियमतवस हटाइएको बताउनुभयो ।
नेकपा एमाले भरतपुर १० नं. वडा कमिटीले आयोजना गरेको कार्यक्रममा आइतबार सम्वोधन गर्दै उहाले आफ्नो नेतृत्वमा रहेको सुकुम्वासी समस्या समाधान आयोगले सबै काम गरेर लालपुर्जा वितरण गर्ने समयमा सरकारले हटाएको कारण काम नदेखिएको बताउनुभयो । मेरो नेतृत्वको आयोगले काम गरेको थियो, लगत संकलन गर्ने, उनीहरुको जाँचवुझ गरेर लालपुर्जा दिने अवस्थामा पुगेको समयमा नयाँ सरकारको पहिलो निशाना आयोग भएको बताउनुभयो ।
काम मेरो नेतृत्वले गरेको थियो जस लिने बेलामा अहिलेको नेतृत्वले लिन खोजेको छ । उहाले भन्नुभयो ‘ट्याङकी निर्माण गर्ने, पाइप विछ्याउने र पानी धारामा सम्म ल्याउने काम एउटाल गर्ने धाराको टुटी खोल्ने अर्को भए जस्तो भएको छ, सुकुम्वासीलाई लालपुर्जा वितरण कार्य ।’ सवै काम मेरे नेतृत्वले गरेको थियो अहिले आएर सबै आफैले गरेजस्तो प्रचार भयो ।
चितवनको निर्वाचन क्षेत्र नं. २ को २ प्रदेशसभा सदस्यका उमेदवार समेत रहनु भएका ज्ञवालीले नेकपा एमालेले गरेको राम्रा कामको जस गठवन्धन सरकारले लिन थालेको बताउनुभएको छ । उहाले स्वास्थ्य बिमाबाटै नागरिककको उपचार गर्ने सुरुवात एमालेले गरेको छ । तर गठबन्धनले बिमा कार्यक्रम असफल बनाउने तर्फ लागेको आरोप लगाउनुभयो । उहाले दलिय प्रणालीमा केही विकृति देखियो भन्दैमा दललाइ नै समाप्त पार्ने गरि अभिव्यक्ति दिनु राम्रो नभएको बताउनुभयो । दलले नै देश सन्चालन गर्ने हो अरुले होइन । देशको कानुन निर्माण गर्ने व्यबस्था मिलाउने नै दलको नेतृत्वले गर्ने भएकाले आउदो निर्वाचनबाट एमाले पहिलो पार्टी बनेर राज्य सञ्चालन गर्ने बताउनुभयो ।

शेयर गरौ

ताजा अपडेट