शताब्दी पुरूष सत्यमोहनको निधन

काठमाडौं, ३० असोज । शताब्दी पुरूष सत्यमोहन जोशीको आइतबार बिहान निधन भएको छ। उहाँको १०३ वर्षको उमेरमा आइतबार बिहान ललितपुरस्थित किष्ट अस्पतालमा निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन ।
उहाको बिहान ७ बजे र ९ मिनेअत जादा निधन भएको अस्पतालमाले जानकारी दिएको छ । जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गते ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको इमर्जेन्सी (आकस्मिक कक्ष) मा भर्ना गरिएको थियो । सोही समयमा रगतको जाँच गर्दा उहाँलाई डेंगु पुष्टि भएको थियो । एक सातादेखि नै छातीमा निमोनिया सङ्क्रमण, मुटुको चालमा घटबढ भइरहेका जोशीलाई जति औषधि चलाए पनि शरीरले रेस्पोन्स  नगरेको चिकित्सकले बताएका थिए ।

शेयर गरौ

ताजा अपडेट