द्वारिका नेपाल गजल स्मृति पुरस्कारबाट उदास सम्मानित

 

चितवन, २९ असोज । द्वारिका नेपाल गजल स्मृति पुरस्कार–२०७९ बाट चितवनका युवा गलजकार मुक्त उदास सम्मानित हुनु भएको छ ।
गजल मञ्च चितवनले द्वारिका नेपाल गजल स्मृति पुरस्कारको राशी दश हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गजलकार केशवराज आमोदीले गजलकार उदासलाई शनिबार दोसल्ला ओढाएर सम्मानपत्र र नगदसहित सम्मान गर्नु भएको हो । सम्मान कार्यक्रममा स्व. द्वारिका नेपालकी धर्मपत्नी पार्वती अर्यालले नगर पुरस्कार दिनु भएको थियो ।
चितवनको कालिका नगरपालिका –९ शक्तिखोर निवासी उदास डेढ दशकदेखि गजल लेखनमा सक्रिय हुनु भएको छ । उहाँको गीतहरू प्रकाशित भएका छन् । पिंजडा ब्याक अगेन, मेला र झिंगेदाउ जस्ता चलचित्रका लागि पनि उहाले गीत लख्नु भएको छ ।
गजल मञ्च चितवनका तत्कालिन अध्यक्ष द्वारिका नेपालको गत वर्षको असोज महिनामा मस्तिष्कघातका कारण निधन भएको थियो । नेपालको प्रथम वार्षिकीको अवसर पारेर यो पुरस्कार स्थापना गरि प्रदान गरिएको गजल मञ्च चितवनका कार्यबाहक अध्यक्ष लेखराम सापकोटाले बताउनुभयो । पुरस्कारको संरक्षकका रूपमा डिला खरेल रहेनु भएको थियो । भरतपुर घर भएका खरेल अस्ट्रेलियामा बसोबास गर्नु भएको छ ।
कार्यक्रममा वरिष्ठ गजलकार केशवराज आमोदीले गजलकार स्वर्गीय नेपालले नेपाली साहित्यमा पु¥याउनु भएको योगदानको विषयमा चर्चा गर्नु भएको थियो । नेपालले गजल, गद्ध कविता, कविता, कथा, मुक्तक, हाइकु, गीतलगायत साहित्य सिर्जना गर्नु भएको थियो । नेपालको चारवटा पुस्तक प्रकाशित भएको छ भने दर्जनौ साहित्य सिर्जना पत्रपत्रिकामा प्रकाशित भएका छन् । नेपालको नामबाट साहित्य संगम चितवनले द्वारिका विशेषाङक प्रकाशित गर्ने भएको छ । साहित्य संगमका अध्यक्ष प्रकास चापागाइले उहाँको स्मृतिमा विशेष रुपमा विशेषाङक प्रकाशित गर्ने जानकारी दिनुभयो । स्वर्गीय नेपालको नामबाट जिल्लामा दुइ वटा पुरस्कार स्थापना भएका छन् । स्वर्गीय नेपाल साहित्य, शिक्षण, पत्रकारिता र सामाजिक क्षेत्रमा क्रियाशील हुनु भएको थियो ।

कार्यवाहक अध्यक्ष लेखराम सापकोटाको अध्यक्षतमा भएको कार्यक्रममा समालोचक तथा साहित्यकार रमेश प्रभातले स्वर्गीय नेपाललाई अमर राख्नको लागि उहाँको नाममा सस्था खडा गरेर काम गर्नु पर्ने बताउनुभयो । उहाले नेपालको बाकी रहेका सिर्जनाको खोजी गरी प्रकाशित गर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा साहित्यकर्मी निर्दोश जीवन, गजल मञ्चका पूर्व अध्यक्ष पुष्प अधिकारीलगायतले मन्तव्य राख्नु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट