पूर्वी चितवनको पल्पी जुस उद्योगमा आगलागी

 

चितवन, २८ असोज । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१० मा रहेको युनाइटेड बेभरेज कम्पनीको पल्पी जुस उद्योगमा गएराती आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । बिहान ४ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आएको छैन ।

आगो निभाउन खैरहनीको दुई र भरतपुरको एउटा दमकल र एउटा डोजर प्रयोग गरिएको छ । उद्योगमा राखिएको ड्रम र कार्टुनमा आगलागी भइरहेको र निभाउने कार्य भइराखेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । क्षतिको विवरण केहि बेरमा आउने बताइएको छ ।

शेयर गरौ

ताजा अपडेट