कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

 

काठमाडौं २८ असोज । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका विषयमा रणनीतिक छलफल गर्न पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कार्यसम्पादन समितिको बैठक शुक्रबार (आज) पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

कांग्रेस कार्यसम्पादन समितिमा पदाधिकारी र वरिष्ठताका आधारमा चयन भएका केन्द्रीय सदस्यसहित गरी ३७ जना छन् ।

बैठकमा पार्टी र सत्ता गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकाको विषयसहित निर्वाचनको रणनीतिका विषयमा छलफल हुने बताइएको छ ।

शेयर गरौ

ताजा अपडेट