वरिष्ठ उपाध्यक्ष पाण्डेको नाम जोडेर रिट हाल्नु भ्रमको खेती : राप्रपा

चितवन २७ असोज। राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका वरिष्ठ उपाध्यक्ष बिक्रम पाण्डेको नाम समेत समावेश गर्दै उम्मेदवारी खारेजीका लागि अदालतमा दिइएको रिट प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

वरिष्ठ उपाध्यक्ष पाण्डेको मुद्धा सम्मानित अदालतले गएको असार ६ गते नै निरुपण गरि सफाई दिइसकेको भन्दै भ्रममा नर्पन सबैमा आग्रह गरिएको छ । पार्टीका प्रवक्ता एवंम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठद्धारा जारी विज्ञेप्तीमा वरिष्ठ उपाध्यक्ष पाण्डेलाई अदालतले सफाई दिइसकेको र राजनैतिक हक उपभोग गर्न कानूनले निषेध नगरेको अवस्थामा निर्वाचनमा होमिएको उम्मेदवारलाई दोषी करार गरि भ्रम सृजना गरिनु आपत्तीजनक भएको उल्लेख छ ।

रिटकै विषयलाई लिएर वरिष्ठ उपाध्यक्ष पाण्डेको नाम जोडेर केहि सञ्चारमाध्यमहरुमा समाचार समेत प्रकाशन भएको भन्दै विषयको गाम्भिर्यता,उम्मेदवारमा पर्नसक्ने क्षति र मतदाताहरुमा समेत भ्रम सृजना हुने भएकाले सत्यतथ्य समाचार सम्प्रेषणका लागि राप्रपाले अनुरोध गरेको छ ।

चितवन निर्वाचन क्षेत्र नं‍. ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका विकासप्रेमी, समाजसेवी तथा सफल राजनितिज्ञ पाण्डे लोकप्रिय उम्मेदवारका रुपमा देखिएका छन् ।

शेयर गरौ

ताजा अपडेट