आर्थिक क्रान्तिको शुरूवात सहकारी बाटै

 

चितवन २७ असोज । भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले चितवनमा आर्थिक क्रान्तिको शुरूवात सहकारी बाटै भएको बताउनु भएको छ ।
चितवन सहकारीको उदगम स्थल हो उप प्रमुख अधिकारीले भन्नू भयो,चितवनमा सहकारीको माध्यामबाट आम नागरिकमा आएको परिवर्तनको सिको अन्य जिल्लाका सहकारीहरुले गरिरहेको टिप्पणी गर्नु भयो । पच्चज्योती महिला बचत तथा ऋण सहकारी सस्थाको २६ औ बार्षिक साधारणसभालाई बिहिवार भरतपुरमा सम्बोधन गर्दै उप प्रमुख अधिकारीले सहकारी भबिस्यको दिगो पुजी भएको पनि बताउनु भयो ।

उप प्रमुख अधिकारीले एकले सबैलाइ सबैले एकलाइ भन्ने उदेश्यका साथ चितवनको सहकारी क्षेत्र दिनानुदिन फराकिलो बन्दै गएको पनि प्रष्ट पार्नु भयो । पच्चज्योती महिला बचत तथा ऋण सहकारी सस्था पश्चिम चितवनको पुरानो र महिला द्वारा संचालित एक मात्र सहकारी भएको भन्दै उहाँले अन्य जिल्लाका सहकारीहरुले यस सस्थालाइ अभिभावकको रुपमा हेर्न लायकको बनाउन पनि आग्रह गर्नु भयो ।

कार्यक्रममा सस्थाका सचिब हरिकला सुवेदीले प्रगति प्रतिवेदन र लेखा समिति सदस्य शान्ता रावलले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा भरतपुर २१ का वडा अध्यक्ष कृष्ण कुमार गुरुङ, सस्थाका उपाध्यक्ष दिपामाया लामिछाने लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

शेयर गरौ

ताजा अपडेट