एमालेका जिल्ला अध्यक्ष न्यौपानेद्वारा चितवन क्षेत्र नम्बर ३ बाट नाम फिर्ता

चितवन, २६ असोज । चितवन क्षेत्र नं.३ मा प्रतिनिधिसभामा उम्मेदवारी दिनु भएका नेकपा (एमाले)का जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता भएको छ ।

पार्टी केन्द्रले नै न्यौपानेको उम्मेदवारी फिर्ता लिने निर्णयसहिको पत्र पठाएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले जानकारी दिनु भयो ।
यस निर्वाचन क्षेत्रमा अन्य कुनै दल तथा स्वतन्त्रले उमेद्वारी फिर्ता लिएका छैनन । यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा गठबन्धनबाट माओवादी केन्द्रका उमेदवार डाक्टर भोजराज अधिकारी, राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे, काङ्रेसका केन्द्रीय सदस्य स्वतन्त्रबाट दिनेश कोइराला, काङ्रेसले कार्वाही गरेका जगन्नाथ पौडेल लगायतले उम्मेद्बारी दिएका छ्न ।
उम्मेद्बारी फिर्ता लिनेमा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उमेदवार जगदिश्वर अर्याल, देवराज पौडेल, क्षेत्र नम्बर १ बाट देवराज उप्रेतीले उम्मेद्बारी फिर्ता लिनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय २ का मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनु भयो ।

शेयर गरौ

ताजा अपडेट