चितवन २४ असोज । चितवनको निर्वाचन क्षेत्र नं.१ मा प्रतिनिधिसभा पदको उम्मेदवारी दर्ता गराउनु भएका नेपाली कांग्रेसका डा.विश्वनाथ पौडेलविरुद्ध उजुरी परेको छ ।
। पौडेल विरुद्ध स्वतन्त्र उम्मेदवारी दिनु भएका कांग्रेसकै राजेन्द्र बुर्लाकोटीले सोमबार डा.पौडेलविरुद्ध उजुरी दिनु भएको हो । उहाले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदमा बहाल रहेकोले उम्मेदवारी खारेज गरीपाउँ भन्दै उजुरी दर्ता गराउनु भएको हो । पौडेल विरुद्धको उजुरीको सम्बन्धमा जाँचबुझ गरि उम्मेदवारको नामावली प्रकाशन गरिने कार्यालयले जनाएको छ ।
