गैर काँग्रेसलाई टिकट दिएकाले मेरो उमेदवारी कुनै हालतमा फिर्ता हुदैन : वुर्लाकोटी

चितवन, २४ असोज । नेपाली काँग्रेसका नेता तथा निर्वाचन क्षेत्र नं. १ का स्वतन्त्र उमेदवार राजेन्द्र वुर्लाकोटीले आफ्नो उमेदवारी कुनैपनि हालतमा फिर्ता नहुने बताउनु भएको छ ।
चितवन समाचारडटकम संग कुरा गर्दै उहाले पार्टीले क्रियाशील सदस्य समेत नभएको व्यक्तिलाई टिकट दिएकाले पार्टी जोगाउन आफूले उमेदवारी दिएको बताउनुभयो । संकटमा काँग्रेस जोगाएर वसेकोलाई वेवास्ता गरियो अवसरवादीलाई टिकट दिएकाले मेरो उमेदवारी कुनैपनि हालतमा फिर्ता हुदैन उहाले भन्नुभयो ।
अवसरको खोजीमा एमाले हुदै दुइ वर्ष अगाडि मौखिक काँग्रेस भएका विश्वनाथलाई टिकट दिएकाले पार्टी जोगाउन स्वतन्त्र उमेदवार दिएको छु । यहाँका काग्रेसजनले साथ दिनु भएको छ नेताको फेरो समाएर टिकट ल्याउनेलाई सवक सिकाइन्छ वुर्लाकोटीले भन्नुभयो ।
‘४० वर्षदेखि पार्टी राजनीति गरेर आए, उमेदवार कोही नभएको बेला घरमा वस्दा मलाइ टिकट दिए, पार्टी जोगाए अहिले जित्ने अवसर आउदा अर्कैलाई टिकट ’ उहाले भन्नुभयो । दुःखमा पार्टी जोगाउनेलाई लत्याएर अवसरवादीलाई टिकट लिने प्रवृतिको विरोधमा उमेदवारी हो कुनैपनि हालतमा फिर्ता हुदैन ।

शेयर गरौ

ताजा अपडेट