चितवन, २३ असोज । चितवनको निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले वारेसनामाबाट उमेद्वारी दर्ता गराउनु भएको छ ।
उहाँको स्वकीय सचिव संजीव पाण्डे मार्फत वारेसनामाबाट उमेदवारी दर्ता गराउनु भएको हो । एमालेले प्रदेशसभा सदस्यमा निर्वाचन क्षेत्र १ को १ मा एमाले केन्द्रीय सदस्य जगन्नाथ थपलिया, १ को २ मा प्रकास खनाल शैलेकले उमेदवारी दर्ता गराउनु भएको छ । यस क्षेत्रमा एमाले उपाध्यक्ष पाण्डेको यो उमेदवारी तेस्रो पटकको प्रतिनिधिसभा सदस्यको लागि हो । उहाँले यसै निर्वाचन क्षेत्रबाट दुइपटक निर्वाचि हुनु भएको थियो ।
यसै क्षेत्रबाट सत्ता गठवन्धनबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका विश्व पौडेलले उमेदवारी दर्ता गराउनु भएको छ । यसै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि काँग्रेसका नेता राजेन्द्रप्रसाद वुर्लाकोटीले स्वतन्त्र उमेदवारी दर्ता गराउनु भएको छ । यस अगाडि दुइपटक सुरेन्द्र पाण्डेसंग पराजीत हुनु भएका वुर्लाकोटीले आफूलाई टिकट नदिएको भन्दै स्वतन्त्र उमेदवारी दर्ता गराउनु भएको हो । प्रदेशसभा नेपाली काँग्रेसको तर्फबाट क्षेत्र नं. १ को १ मा काँग्रेसका किरण ओली र १ को २ मा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य कृष्णप्रसाद खनालले उमेदवारी दर्ता गराउनु भएको छ ।
त्यस्तै चितवनको निर्वाचन क्षेत्र नं. २ मा नेकपा एमालेबाट कृष्णभक्त पोखरेल, नेपाली काँग्रेसबाट उमेश श्रेष्ठ, स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दर्ता गराउनु भएको छ । यस क्षेत्रको प्रदेश १ मा एमालेका कृष्ण सिलवाल, माओवादी केन्द्रका धनश्याम दाहाल, २ मा एमालेका देवी ज्ञवाली, काँग्रेसका उत्तम जोशीले उमेदवारी दर्ता गराउनु भएको छ ।
त्यस्तै चितवनको निर्वाचन क्षेत्र नं. ३ मा गठवन्धनको तर्फबाट प्रतनिधिसभा सदस्यमा माओवादी केन्द्रका डाक्टर भोजराज अधिकारी, राप्रपाका उपाध्यक्ष विक्रम पाण्डे, नेकपा एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले उमेदवारी दर्ता गराउनु भएको छ । यसै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिनेश कोइराला, काँग्रेसका जगन्नथा पौडेलले स्वतन्त्र उमेद्वारी गर्दा गराउनु भएको छ ।
निर्वाचन क्षेत्र नं. ३ को १ मा प्रदेशसभा सदस्यमा एमालेबाट कृष्ण भुर्तेल, नेपाली काँग्रेसबाट डाक्टर सुर्यकान्त घिमिरे, ३ को २ मा एमालेबाट सरस्वती विष्ट, माओवादीबाट ठाकुरप्रसाद ढकालले उमेदवारी दर्ता गराउनु भएको छ ।