चितवनको निर्वाचन क्षेत्र २ मा काँग्रेसका उमेश श्रेष्ठको उम्मेद्बारी दर्ता

 

 

चितवन, २३ असोज । चितवनको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली काङ्ग्रेसका उमेश श्रेष्ठले उम्मेद्बारी दर्ता गराउनु भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा पुगेर पाँच दलिय गठबन्धनबाट संघ तर्फ श्रेष्ठले उम्मेद्बारी दर्ता गराउनु भएको हो । दलबलका साथ पुग्नु भएका श्रेष्ठलेले आफ्नो जीत सुनिश्चित भएको बताउनु भयो । उहाँ संगै प्रदेशसभा सदस्यमा गठबन्धनबाट माओवादी केन्द्रका नेता घनश्याम दाहालले २ को १ र नेपाली काङ्रेसका उत्तम जोशीले २ को २ बाट उम्मेद्बारी दर्ता गराउनु भएको छ । यस अगाडि समानुपातिकबाट साम्सद हुनु भएको काङ्ग्रेस नेता श्रेष्ठ प्रत्यक्ष तर्फ पहिलो पटक चितवनबाट निर्वाचनमा उठ्नु भएको हो ।।

शेयर गरौ

ताजा अपडेट