काँग्रेसले चितवनमा उमेदवार टुंगो लगाएन, प्रचण्डको क्षेत्रमा डाक्टर अधिकारी उमेदवार

चितवन, २२ असोज । पाँचदलीय गठवन्धनले चितवन जिल्लाको निर्वाचन क्षेत्रमा बाँडफाड टुंगो लगाएको छ ।

जिल्लाको निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसको भागमा परेको छ । भने प्रदेशसभा अन्तर्गत क्षेत्र नं. १ को ‘क’ नेपाली काँग्रेस र ‘ख’ मा नेकपा एकीकृत समाजवादीले पाउने भएको छ । जिल्लाको निर्वाचन क्षेत्रमा भागवण्डा भएको मध्य माओवादी केन्द्र र एकीकृत समाजवादीले उमेदवारको टुंगो लगाएको छ भने नेपाली काँग्रेसको तर्फबाट आइतबार विहान मात्र टुंगो लाग्ने भएको छ ।

हाम्रो क्षेत्र भागवण्डा भएपनि उमेदवारको अझै टुंगो लागेको छैन नेपाली काँग्रेस जिल्ला सभापति राजेश्वर खनालले भन्नुभयो । आइतबार विहानसम्म प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको उमेदवार टुंगो लाग्नेछ । निर्वाचन क्षेत्र नं. १ को ‘ख’ मा एकीकृत समाजवादीको तर्फबाट निर्वतमान प्रदेशसभा सदस्य कृष्णप्रसाद खनाललाई उमेदवार बनाइएको छ । नेकपा माओवादी केन्द्रले भने निर्वाचन क्षेत्र नंं. २ को ‘क’ मा निर्वतमान प्रदेशसभा सदस्य धनश्याम दाहाललाई उमेदवार बनाएको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्यमा डाक्टर भोजराज अधिकारीलाई निर्णय भएको माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारीले जानकारी दिनुभयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा उहाँका विश्वासपात्र डाक्टर अधिकारीलाई उठाउने निर्णय भएको हो ।

डाक्टर अधिकारी माओवादी केन्द्रको कोटाबाट भरतपुर अस्पताल विकास समितिको अध्यक्ष भएर काम गर्नु भएको छ । उहाँको कार्यकालमा भरतपुर अस्पतालमा धेरै राम्रा काम भएका थिए । माओवादी केन्द्रका भएपनि डाक्टर अधिकारी साझा व्यक्तिका रुपमा परिचित भएका छन् । उहालाइ गैर माओवादीले पनि मन पराइएका व्यक्तिका रुपमा रहेको सामाजिक सञ्चालमा प्रतिक्रिया आएको छ ।

त्यस्तै गरी माओवादी केन्द्रले निर्वाचन क्षेत्र नं. ३ को ‘ख’ प्रदेशसभा सदस्यमा ठाकुरप्रसाद ढकाललाई उठाउने निर्णय गरेको छ । ढकाल यस अगाडि माडी नगरपालिकाको मेयरमा निर्वाचन भएर काम गर्नु भएको थियो ।

शेयर गरौ

ताजा अपडेट