सत्ता गठबन्धनमा यसरी भयो सिट बाँडफाँट

 

काठमाडौं २२ असोज । सत्ता गठबन्धनमा प्रतिनिधि सभा र प्रदेश सभातर्फ सिटको बाँडफाँट भएको छ । पाँच दल रहेका सत्ता गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा) ले एमालेसँग तालमेलको तयारी गरेपछि प्रतिनिधिसभाका १३ सिट खाली राख्दै बाँकीमा सहमति जुटाएका हुन् ।

प्रतिनिधिसभाका १६५ सिटमध्ये १५२ सिट बाँडफाँट भएको छ । जसमा कांग्रेसले ८४ क्षेत्रमा उम्मेदवारी दिने भएको छ भने माओवादीले ४७ क्षेत्रमा उमेदवारी दिने भएका छन् ।

नेकपा एकीकृत समाजवादीले १९ सिटमा उम्मेदवारी दिने भएको छ । राष्ट्रिय जनमोर्चाले पनि दुई सिटमा उम्मेदवारी दिने भएको छ ।

 

शेयर गरौ

ताजा अपडेट