अन्तत प्रचण्डले गृह जिल्ला चितवन छाडे : रोजे गोरखा २

चितवन २१ असोज। चितवनबाट उठ्ने नउठ्ने भन्ने दोधारमा रहेका प्रचण्डले अन्तत गृह जिल्ला छाडेर गोरखाबाट उठ्ने भएका छन् ।
नेपाली काँग्रेस चितनवमा आएको विद्रोह र अन्तरकलह, माओवादी केन्द्रको मात्रै मतले सुरक्षित हुने सम्भावना नभएपछि पार्टीले अध्यक्षलाई गोरखाबाट उठाउने निर्णय गरेको हो । अध्यक्ष दाहाललाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार बसेको पदाधिकारी बैठकले चितवन–३ छाडेर प्रचण्डलाई गोरखा २ बाट प्रतिनिधिसभा सदस्यको बनाउने निर्णय गरेको हो ।

प्रचण्ड २०७४ मा चितवन ३ बाट निर्वाचित भएका थिए । यो पटक पनि उनी यही क्षेत्रबाट उठ्न चाहन्थे । तर सत्ता गठबन्धनको मुख्य साझेदार नेपाली कांग्रेसमा तीव्र असन्तुष्टि देखिएको छ भने प्रचण्डविरुद्ध एमाले, राप्रपा र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी समेत लागेको माओवादी नेताहरु बताउँछन् ।

अहिले प्रचण्डले रोजेको गोरखा २ भने तुलनात्मक रुपमा निकै सहज क्षेत्र मानिन्छ । यो क्षेत्रबाट अघिल्लो पटक डा. बाबुराम भट्छटराई निर्वाचित भएका थिए । हाल भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले माओवादीकै चुनाव चिह्नबाट निर्वाचन लड्ने सहमति गरेको छ भने भट्टराई आफैं यो पटक प्रत्यक्ष चुनाव नलड्ने घोषणा गरेका छन् ।

यो क्षेत्रबाट टिकटका आकांक्षी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि थिए । हाल राष्ट्रियसभा सदस्य रहेका श्रेष्ठ पनि प्रचण्ड आउने भएपछि चुनाव नलड्न सहमत भए ।

 

शेयर गरौ

ताजा अपडेट