चितवन, २१ असोज । चितवन क्षेत्र नं २ मा निवर्तमान सांसद कृष्णभक्त पोखरेलले नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभा सदस्यको लागि टिकट पाएका छन् ।
नेकपा एमालेले आफूलाई नै प्रतिनिधिसभा सदस्यको लागि टिकट दिएको नेता पोखरेलले जानकारी दिनुभयो । पोखरेल २०७० सालको संविधानसभामा साविक क्षेत्र नं.३ हालको क्षेत्र नं.२ र २०७४ को प्रतिनिधि सभा निर्वाचनमा क्षेत्र नं.२ बाट नै निर्वाचित हुनु भएको थियो । नेकपा एमालेले चुनावी तालमेल गरेपनि एक्लै गएपनि आफ्नो जीत सुनिश्चित भएको नेता पोखरेलले बताउनुभयो ।
पोखरेलको निर्वाचन क्षेत्रमा स्थानीय तहको निर्वाचनमा एमालेका उमेदवार विजयी भएका छन् । इच्छाकामना गाउपालिकाको अध्यक्ष उपाध्यक्ष, कालिका नगरपालिकाको प्रमुख उपप्रमुख र भरतपुर महानगरपालिकाको वडा नं. ११, १२, ३ एमालेले जितेको छ । पहिला देखिनै एमालेको पकड राम्रो भएकाले आफ्नो जीत सुनिश्चित भएको उहाले बताउनु भएको छ ।
आफू निर्वाचित भएपछि विशेष गरी पहाडी क्षेत्रमा विकासका पूर्वाधारहरु निर्माण भएको उहाले बताउनुभयो । भरतपुर महानगरपालिकाको आफ्नो निर्वाचन क्षेत्रमा वाटो, विद्यालय लगायतका क्षेत्रमा उहाले ठुलो रकम ल्याएर विकास गर्नु भएको एमालेले जानकारी दिउको छ ।