चितवन, १७ असोज । नारायणगढ–मुग्लिन सडक खण्डको घुमाउनेमा पोखराबाट झापा जाँदै गरेको कार अनियन्त्रित भई त्रिशुली नदीमा खसेको छ ।
सोमबार बिहान करिब ८ बजेको समयमा बा १० च ४५५४ नम्बरको कार अनियन्त्रित भई त्रिशुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
कार नदीमा डुबेर बेपत्ता भएको छ भने कारमा सवार दुई जना सकुसल रहेको प्रहरीले जानकारी दिएको छ । कारसँगै नदीमा खसेका दुई जनालाई स्थानीय र प्रहरीले उद्धार गरेका हुन् । घुमाउरो बाटोमा अनियन्त्रित भएर कार नदीमा खसेको प्रहरीले जनाएको छ । कारको खोजी कार्य जारी रहेको छ ।