चितवन, १५ असोज । प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले शिक्षामा २० प्रतिशत बजेट छुट्टयाउनु पर्ने बताउनु भएको छ ।
चितवनको भरतपुरमा शनिबार आयोजित चाढपर्वको शुभकामना आदान प्रदान कार्यक्रममा वोल्दै उहाले शिक्षा र स्वास्थ्यमा राज्यले प्रसस्त बजेट नछुट्याए विकास सम्भव नहुने बताउनुभयो । विकसित देशहरुमा शिक्षामा २० प्रतिशत भन्दा धेरै बजेट छुट्टाएको हुन्छ जसले गर्दा शिक्षाको विकास हुन्छ । जव जनता शिक्षित हुन्छन् राष्ट्रको विकास सम्भव हुन्छ ।
गुणस्तरीय शिक्षाले मात्र दक्ष जनशक्ति उत्पादन हुन्छ उहाले भन्नुभयो दक्ष जनशक्ति भएमा विदेशमा काम गर्न जान पर्दैन । कार्यक्रममा उहाले शिक्षाको गुणस्तर बनाउन स्रोत साधन सगै शिक्षको क्षमता वृद्धि गर्नु पर्नेमा जोड दिनुभयो । समय सापेक्ष शिक्षा दिन सकेमा मात्र समाज राम्रो हुन्छ राज्यमन्त्री श्रेष्ठले भन्नुभयो ।
समय सापेक्ष शिक्षामा राज्यले ध्यान दिन जरुरी रहेको छ । पछिल्लो प्रविधिको बारेमा अध्ययन गरेर आउदो दिनलाई सोचेर मात्र शिक्षा दिन सक्नु पर्नेमा मन्त्री श्रेष्ठले जोड दिनुभयो । उहाले स्थानीय पालिकाले विद्यालयको शिक्षाको विकासमा ध्यान दिनु पर्दछ । आफ्नो पालिकाको शिक्षा कस्तो बनाउने भन्ने अभिभारा त्यहाँको सरकारमा रहेको बताउनुभयो । उहाले अब साधारण शिक्षा भन्दा प्राविधिक शिक्षामा जोड दिनु पर्ने बताउनुभयो ।
माडीको खैरहनी माध्यमिक विद्यालयका भुतपूर्व विद्यार्थीको आयेजनामा भएको कार्यक्रममा शिक्षा क्षेत्रमा काम गर्दै आएका व्यक्तिहरुले सरकारले अव शिक्षामा लगानी गर्नु पर्नेमा जोड दिएका थिए । भुतपूर्व विद्यार्थी हरि न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष सुर्यप्रसाद न्यौपाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास तिवारी, प्रधानाध्यापक कुलानन्द भुसाल, विकास भुसाल, अर्जुन भुसाललगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम विपिन पाठकले सञ्चालन गर्नु भएको थियो ।


