चितवन १३ असोज । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्रपसाद पाण्डेलाई मातृशोक परेको छ ।
बिहीवार बिहान ८७ वर्षको उमेरमा आमा मनमाया पाण्डेको निधन भएको थियो । अल्जाइमर, सुगर र अन्य रोगबाट पिडित पाण्डे लामो समयदेखि उपचाररत हुनुहुन्थियो । उपचारकै क्रममा आमाको निधन भएको उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिनु भयो ।
आमाको निधन पछि नेता पाण्डे आजै बिहान चितवनबाट काठमाडौ फर्कनु भएको छ । जिल्लामा विभिन्न कार्यक्रममा सहभागी हुन आउनु भएका पाण्डेको आमाको बिहान ४:१५ बजे निधन भएको थियो ।
मनमाया पाण्डेका छोरा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे ,नेकपा एमाले केन्द्रिय कमिटीका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्री सुरेन्द्र, ज्ञानेन्द्र, दीपेन्द्र,उपेन्द्र हुन । आमाको आजै अन्त्यष्टी गरिने परिवारले जनाएको छ ।