मलाई प्रधानमन्त्री बन्ने अफर अहिले पनि आएकाे छ : प्रचण्ड

चितवन समाचारडटकम, अशाेज १० ।
नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफुलाई अहिले पनि प्रधानमन्त्री बन्ने अफर आएकाे बताउनुभएको छ ।
प्रेस सेन्टर चितवनले आज भरतपुर गरेकाे दशैँ शुभकामना कार्यक्रममा बाेल्दै प्रचण्डले अहिले पनि प्रधानमन्त्रीकाे अफर आएको तर अस्विकार गरेको संकेत गर्नुभयो ।

“०७४ काे चुनाव पछि पाँचै बर्ष चलाउने अफर पनि थियाे , बिचमा पनि कुरा आएका थिय अहिले पनि प्रधानमन्त्री बन्ने अफर आएको छ तर म त्याे रेसमा छैन “- प्रचण्डले भन्नुभयो ।

तर, अहिले कहाँबाट आयाे प्रधानमन्त्री बन्ने अफर भने प्रचण्डले खुलाउनुभएन ।

आफू देशकाे समृद्धिकाे अभियानमा रहेको तर प्रधानमन्त्री बन्ने रेसमा नरहेको उहाँको प्रष्टिकरण थियाे ।

अध्यक्ष प्रचण्डले बिधमान संबिधान उल्टाउन षडयन्त्र भैरहेको दाबी पनि गर्नुभयो ।
संघीय लाेकतान्त्रिक गणतन्त्र , दलहरु र नेताहरुका बिरुद्ध नकारात्मकता छर्न साेसल मिडियामा विभिन्न तत्वहरु लागेकाे उहाँको भनाई थियाे ।
यसप्रति सचेत रहन उहाँले आग्रह गर्नुभयो ।

मुलुककाे समृद्धिका लागि आफू प्रतिवद्द रहेको जनाउदै प्रचण्डले राष्ट्रिय अन्तराष्ट्रिय संघ संस्था सङ्ग खरवाैका बजेटका लागि प्रस्ताब अघि बढाएकाे बताउनुभयाे ।
“कस्ले के भनेको छ हैन, के गरेकाे छ भन्ने कुरा प्रधान हाे, चितवनमा अरबाैका बजेटमा जे जति काम भएको छ सबैले देख्नुभएकाे छ ” जिल्लामा बिकास बजेट प्रयाप्त ल्याएको प्रचण्डकाे दावी थियाे ।
प्रेस सेन्टर चितवनका अध्यक्ष सूर्य पाठककाे अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहाल, नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्याैपाने, नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनाल, माओवादी केन्द्र संयाेजक रामचन्द्र अधिकारी , एकीकृत समाजवादी जिल्ला उपाध्यक्ष अरुणपिडित भण्डारी र नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

शेयर गरौ

ताजा अपडेट