काठमाण्डै । पूर्व निर्धारित कार्यक्रममा जाँदा अनर्गल प्रचार गरिएको अधिवक्ता सरोज घिमिरेले बताएका छन् ।
दक्षिण पूर्वी एसियाको लाओस् जाने क्रममा दुई घण्टा सिंगापुर ट्रान्जिटमा वसेको कुरालाई आधार बनाएर केही सञ्चार माध्यममा संदिप लामिछानेलाई भेटन गएको भन्दै अनर्गल प्रचार गरिएको घिमिरेले बताएका छन् ।
लाओसमा १६ देखि १८ सेप्टेम्बरमा हुने ११ औँ एसिया प्रो बोनो कन्फरेन्समा आयोजकको रूपमा सहभागी हुन घिमिरे त्यहाँ पुगेका थिए । घिमिरेले यसअगाडि आठौँ, नवौँ र १० औँ प्रो बोनो कन्फरेन्समा पनि सहभागिता जनाइसकेका छन् ।
कन्फरेन्समा नेपालबाट अनिता न्यौपाने थपलिया, अनिता श्रेष्ठ, वसन्त अधिकारी, दिपेश खनाल लगायतका व्यक्तिहरू रहेको प्रो बोनो कन्फरेन्सको वेबसाइटमा उल्लेख छ ।
केही सञ्चार माध्यममा अधिवक्ता घिमिरे सन्दीपलाई कानुनी परामर्श दिन सिंगापुर गएको भनी समाचार आएको थियो । यस विषयमा खण्डन गर्दै उहाले आफू कार्यक्रमको लागि गएको जानकारी दिनु भएको छ । प्रो बोनो कन्फरेन्सको वेबसाइटले राखेको सरोज घिमिरेको बारेमा जानकारी ।
संदिप लामिछानेका आफन्तबाट भने कानुन व्यवसायी बनेर कानुनि प्रतिरक्षा गरिदिन अनुरोध भने नेपाल हुँदा नै आएको तर कुनै पनि निर्णय नगरेको भन्ने जानकारी उहाँले जानकारी दिनु भयो ।