५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस कार्यक्रम सम्पन्न

चितवन २८ भदौ । साहित्यिक सिकाइ स्थानहरू परिवर्तन गर्दै भन्ने नाराकासाथ डिजिटल साक्षरता, आजको आवश्यकता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला शाखा चितवनको आयोजना र सेतो गुराँस भरतपुर, युथक्लब नारायणगढ र गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा चितवनको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो । ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला शाखा चितवनका संयोजक रामचन्द्र आचार्यको अध्यक्षता र गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा चितवनको अध्यक्ष पार्वती घिमिरे दवाडी प्रमुख अतिथि रहनु भएको थियोे ।
आचार्यले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथी सहभागीहरुले आ(आफ्नो बिचार राख्नुभएको थियोे । अहिलेको सुचना प्रविधिको युगमा डिजिटल साक्षरता आधारभूत आवश्यकता भई सकेको छ, हिजोको समयमा लालटिन बालेर पौढ कक्षा सञ्चालन गरे जस्तो अब साक्षर र शिक्षितहरुलाई नै डिजिटल साक्षरता अभियान सञ्चालन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको कुरामा सहभागीहरुले जोड दिनु भयो ।

शेयर गरौ

ताजा अपडेट