प्रधानमन्त्री देउवासँग अध्यक्ष लीको भेटवार्ता

 

काठमाडौं २८ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालको औपचारिक भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले शिष्टाचार भेटवार्ता शुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केही बेरअघि देखि शिष्टाचार भेटवार्ता शुरु भएको हो । सोमबार नेपाल भ्रमणमा आएका अध्यक्ष ली ले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेटवार्ता गरेका थिए । परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग पनि आजै अध्यक्ष ली ले शिष्टाचार भेटवार्ता गरेका थिए ।

 

शेयर गरौ

ताजा अपडेट