बाल दिवसको अवसरमा युथ क्लब द्वारा फिल्टर स्टेशनरी सामग्री वितरण

चितवन २८ भदौ । ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा युथ क्लब नारायणगढले भरतपुर १ ठिमुरामा रहेको श्री राष्ट्रिय आधारभूत विद्यालयमा बालबालिकालाई शुद्ध पानी पिउनका लागि फिल्टर, स्टेशनरी तथा खेलकुदका सामग्री सहयोग गरेको छ ।
युथ क्लबका अध्यक्ष रामबाबु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं.१ का वडा अध्यक्ष केशव महर्जनले सामाजिक क्षेत्रमा क्लबले गरेको कामको प्रशंसा गर्नुभयो । अध्यक्ष महर्जनले वडाको समग्र विकासको लागि सधैं लागि पर्ने समेत वचन दिनु भयो । ठिमुराको आधारभूत विद्यालयमा खानेपानीको समस्या भएको र क्रमस सामाधान गरिने वताउनु भयो । क्लबका पूर्व अध्यक्ष भुवन आचार्यले स्वागत मन्तव्य साथै संस्थाको बिगतदेखि वर्तमानसम्मको बारेमा बुदागत रुपमा प्रस्तुत गर्नुभयो ।
कार्यक्रमा क्लबका पूर्व अध्यक्ष एवम् कोषाध्यक्ष रोशन मास्के, पूर्व अध्यक्ष लक्ष्मण बानिया, उपाध्यक्ष शालिग्राम नेपाल, आजीवन सदस्य दयाराम कंडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामलाल प्रजा,वडा सदस्यहरु राममाया पिया तथा राजु गुरुङले समेत शुभकामना मन्तव्य राख्नु भएको थियोे । कार्यक्रम युथ क्लबका सदस्य रामचन्द्र आचार्यले सञ्चालन गर्नुभएको थियोे । समारोहमा युथ क्लब नारायणगढका साधारण सदस्यहरु प्रमिला श्रेष्ठ, चन्द्र शेखर शौरभ प्रभान, अनुस्का अधिकारी, रोहन बगाले, रुपक घिमिरे, रिमा भूजेल लगायतको उपस्थिति रहेको थियो । सो विद्यालयमा १५७ जना बालबालिका पठन पाठन गर्ने गर्दछन् ।

शेयर गरौ

ताजा अपडेट