काठमाडौं, भदौ १७ ।
यस बर्षकाे कक्षा १२ को परिक्षाफल प्रकाशन भएको छ।
आज अपरान्ह बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा प्रकाशन गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए।
ग्रेडिङ पद्धतीअनुसार नतिजा प्रकाशित गरिएको हो। बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो।