देवनगरमा वन्यजन्तु उद्धार केन्द्र निर्माण: पर्यटकीय गतिविधिमा सहयोग पुग्ने

शालिग्राम नेपाल
चितवन, १५ भदौ । चितवन राष्ट्रिय निकुञ्जले पश्चिम चितवनको देवनगरमा वन्यजन्तु उद्धार केन्द्र निर्माण सुरु गरेको छ ।
विभिन्न कारणले विरामी भएका तथा नियन्त्रणमा लिएर केही सयम निगरानीमा हेर्नु पर्र्ने जनवार राख्नको लागि वन्यजन्तु उद्धार केन्द्र निर्माण कार्यलाई अगाडि बढाएको हो । पछिल्ला केही महिना यता मानिसलाई आक्रमण गर्ने बाघको सख्या वृद्धि भएपछि त्यसलाई नियन्त्रण गरेर राख्ने स्थानको अभाव भएको थियो । त्यस्तै गरी विरामी जनवारलाई राखेर उपचार गर्ने, साथै राखिएका जनावर हेर्न पर्यटक आउने वातावरण समेत सिर्जना गर्ने उद्देश्यले उद्धार केन्द्र निर्माण कार्य जारी रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो ।
निर्माणको चरणमा रहेको त्यस केन्द्रमा अहिले पशु चिकित्सकको आवासीय भवन निर्माण पूरा भएका छन् । त्यस क्षेत्रमा आरसीसी पर्खाल निर्माण गरेर सुरक्षित पारिएको छ । आर्थिक वर्ष २०७८÷७९ मा एक करोड ८० लाखको लागतमा संरचना निर्माण भएको प्रमुख आचार्यले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा १० वटा बाघ राख्न मिल्नेगरी खोर निर्माण गरिने तयारी रहेको छ । दुइवटा हात्तीको सेड, दुइवटा गैंडा राख्ने स्थान, मृग प्रजातीका जनावर राख्ने ठाँउ निर्माण गरिने तयारी रहेको उहाले जानकारी दिनुभयो ।
विभिन्न कारणले बाघलाई नियन्त्रणमा लिएर राख्नु पर्ने अवस्था आउदा कसरामा रहेको खोरमा अटाउन नसकेको, अरु खोरको आवश्यकता परेको, त्यस्तै गरी घाइते अन्य जनावरलाई राख्नको लागि उपयुक्त स्थानको अभाव भएकाले देवनगरमा केन्द्र निर्माण सुरु भएको उहाले बताउनुभयो । यस अगाडि सामान्य पशु अस्पतालको रुपमा सौरामा निर्माण भएपनि उपयुक्त स्थान नभएकाले त्यहाँ जनावर लैजान ल्याउन असहज भएको निकुञ्ज प्रमुख आचार्यले जानकारी दिनुभयो । मानिसको कोलाहलबाट टाढा, शान्त स्थान र जनावर लैजान ल्याउन सहज हुने स्थानको खोजीमा देवनगर छनौट भएको उहाले बताउनुभयो ।
देवनगरमा निर्माण गरिने वन्यजन्तु उद्धार केन्द्रमा बाघ, गैडा, हात्ती, मृगलगायत अन्य जनावर हुने भएकाले पर्यटकहरुलाई अवलोकनको लागि खुला गरिने निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो । पर्यटकीय क्षेत्रका रुपमा समेत विकास गर्ने उद्देश्यले निर्माण भइराखेको उद्धार केन्द्रमा निश्चित शुल्क तिरेर पाटेबाघ, गैडा, अन्य जंगली जनावर सजिलै हेर्न सकिने उहाले बताउनुभयो ।
देवनगरमा निर्माण हुने जनावरको लागि उद्धार केन्द्र निर्माणले यस क्षेत्रको पर्यटनको विकास हुने मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकास ढुंगानाले बताउनुभयो । निकुञ्जको विसहजारी ताल, वाटुली पोखरी, अम्रेला स्ट्रीट, छितामाइ, विक्रमबाबा जस्ता पर्यटीय क्षेत्रलाई जोड्न उद्धार केन्द्र निर्माणले धेरै महत्वपूर्ण योगदान दिने उहाले बताउनुभयो । सौराहा आएका पर्यटक वन्यजन्तु हेर्न निकुञ्ज सफारीमा जाने गर्दछन् । दिनभरीको सफारीमा पनि वन्य जन्तु नभेटिएर निराश हुदै फर्कने धेरै पर्यटक हुने गरेकाले अब उद्धार केन्द्र स्थापनाले जनवार हेर्नको लागि भौतारिन नपर्ने निकुञ्जले जनाएको छ । जनावरको रेखदेख, उपचार, नियन्त्रण संगै पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने निकुञ्जले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट