काठमाडौं, !% भदौ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफूविरुद्ध लागेको महाअभियोगबारे बयान दिन सिंहदरबारस्थित संसदीय समितिमा पुग्नुभएको छ । जबरासँग महाअभियोग सिफारिस समितिले आज बयान लिंदैछ ।
जबरा सिंहदरबारभित्र रहेको पुरानो प्रतिनिधि सभाको मूल गेट हुँदै छिर्नुभएको थियो । उहाँलाई संसद् सचिवालयका मर्यादापालकहरुले विशेष सुरक्षा दिँदै बयान स्थानमा लगेका थिए ।
महाअभियोग सिफारिस समितिको बैठक केहीबेरमा सुरु हुने बताइएको छ । गत फागुन १ गते सत्ता गठबन्धन दलका सांसदहरूले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि महाअभियोग दर्ता गराएपछि उहाँ स्वतः निलम्बनमा पर्नुभएको थियो ।