रोग लागेर एउटै फर्मका एकहजार भन्दा धेरै वंगुर मरे, निकुञ्ज छिरे वदेल सखाप हुने

 

चितवन, १० भदौ । भरतपुर महानगरपालिका वडा नं. ६ को एउटा वंगुर फर्ममा अफ्रिकन स्वाइन फिभर नामक रोग लागेर एकहजार ३३ वटा वंगुर मरेका छन् ।
एक महिना अगाडि देखिएको रोग लागेर र्फमा पालिएको वंगुर मर्न थालेपछि उपचारको प्रयास गरिएको थियो । कुनैपनि उपचारबाट निको नहुने भएकाले रोग लागेपछि पालिएका जती सवै मरेपछि मात्र रोग देखा नपर्ने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका प्रमुख सुशील केसीले जानकारी दिनुभयो ।
‘यो वंगुरमा देखिने प्राणघात रोग हो ’ उहाले भन्नुभयो ‘लागेपछि निको हुदैन, उपचार सम्भव छैन ।’ काठमाण्डौं र भक्तपुरका केही फर्ममा यो रोग लागेर ९० प्रतिशत वंगुर मरेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख केसीले भन्नुभयो । साउन १ गतेबाट रोग देखा परेको थियो भदौ १ गतेसम्म आइपुग्दा एकहजार ३३ वटा मरेको छ फर्म सञ्चालक किसान नरेन्द्र कन्दङवाले भन्नुभयो । अव मुस्किलले १४० वटा बाँकी छन् ती पनि कुन बेला मर्छ भनेर कुरेर वसेको छु ।
जिल्लाको नमुना फर्मको रुपमा रहेको वंगुर पालन केन्द्रमा अहिले मर्न थालेपछि किसान चिन्तित भएका छन् । ‘अहिलेसम्म न्युनतम खर्चको हिसाब गर्दापनि दुइकरोड ६० लाख रुपियाँ घाटा लागेको छ’ किसान कन्दङवाले भन्नुभयो ‘घाटा त छदैछ मरेको वंगुरलाई व्यवस्थापन गर्न समेत समस्या परेको छ ।’ मरेको वंगुरलाई गाड्ने ठाउँको अभाव भएको उहाले बताउनुभयो । बैंकबाट ऋण लिएर गरेको व्यवसायिक फर्ममा पालेको वंगुर सखाप भएपछि राज्यले राहत दिनु पर्ने उहाले माग गर्नुभयो ।
पशुसेवा विज्ञ केन्द्रले रोगबाट बच्नको लागि जिल्लामा सूचना प्रभाव गरेको छ । एउटा खोर (फार्म)बाट अर्को खोरमा नसार्नका लागि अपनाउनुपर्ने जैविक सुरक्षाका लागि हामीले किसानलाई सचेत गराइरहेका छौँ ’ केन्द्रका प्रमुख केसीले भन्नुभयो जेठ २ गते काठमाडौँमा देखिएपछि विज्ञ केन्द्रले चितवनमा भित्रिन नदिन अगुवा किसानहरुसँग भेला नै गराएर रोगको जोखिम र यसबाट बच्ने उपायबारे सचेत गराएको थियो ।
तर, सचेत हुँदाहुँदै पनि रोगको संक्रमण देखिएपछि किसानले करोडौँको नोक्सानी व्यहोर्न बाध्य भएको छ । भरतपुरमा देखिएको खोरको अवस्था विकराल रहे पनि अन्य स्थानमा त्यस्तो अवस्था नरहेको उहाले बताउनुभयो । ‘लक्षणलाई आधार मान्ने हो भने चारवटा फार्मबाट जानकारी आएको छ’, उहाले भन्नुभयो, ‘तर हालसम्म पुष्टि भएको भरतपुर–६ को फार्ममा मात्रै हो । अन्तको चाहिँ कुनै नमुना परीक्षणका क्रममा छन्, कुनैको परीक्षण नै भएको छैन ।’
एकपटक लागिसकेपछि नष्ट गर्नुको विकल्प नभएको हुँदा किसानले पूर्णरुपमा क्षति सहन बाध्य छ । ‘नयाँ खालको संक्रमण भएकोले यसका लागि कुनै नीति बनिसकेको पनि छैन’, उहाले भन्नुभयो, ‘त्यसैले सरकारले क्षतिपूर्ति दिन सक्ने अवस्था पनि छैन ।’ किसान आफैँ सचेत नभएसम्म यसबाट जोगिन सकिने कुनै पनि उपाय नरहेको उहाको भनाइ छ । पशु विमा गरेका किसानलाई भने यस्तो अवस्थामा राहत हुने उहाले बताउनुभयो ।
घरपालुवा सुँगुर र बंगुरमा यो रोगको संक्रममण देखिए पनि जंगलमा बस्ने बँदेलमा नदेखिए केही समयपछि नियन्त्रणमा आउन सक्ने उहाले बताउनुभयो । ‘तर बँदेलमा पनि संक्रमण स¥यो भने बँदेल पनि सखाप हुन्छ’, उहाले भन्नुभयो, ‘बस्तीवरिपरि भएको भाइरस जंगल छि¥यो भने त जैविक सुरक्षाले पनि काम गर्न सकिँदैन ।’ निकुञ्जको बदेल वस्ती छिरेर वाली खाने गर्दछ । त्यसरी एक बदेलबाट अर्कोमा सर्न गएमा निकुञ्जमा रहेका सबै सखाप हुने पशु सेवा केन्द्रले जनाएको छ । तर अहिलेसम्म वदेल मरेको सूचना नआएको कार्यालय प्रमुख केसीले जानकारी दिनुभयो ।
चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजय श्रेष्ठले अहिलेसम्म रोग लागेर बदेल नमरेपनि जोखिम उच्च रहेको बताउनुभयो । जंगलबाट वस्ती छिर्ने र फेरी निकुञ्ज प्रवेश गर्नाले रोग सार्न सक्ने जोखम छ यसलाई जोगाउन सबैको साथ आवश्यक रहेको उहाले बताउनु्भयो । संक्रमण फैलिन नदिनको लागि सवैको सहयोगको लागि उहाले अपिल गर्नुभयो ।
किसानले एउटा खोरबाट अर्को खोरमा आउजाउ गर्न बन्द गर्ने र मरेका बंगुरलाई राम्रोसँग व्यवस्थापन गर्ने हो भने यसलाई बिस्तारै नियन्त्रणमा लिन सकिने उहाले बताउनुभयो ।

 

शेयर गरौ

ताजा अपडेट