काँग्रेसलाई तर्साएर वार्गेनिङ पावर बढाउन समाजवादी पार्टी बिच तालमेल : सचिव रायमाझी

 

चितवन, ४ भदौ । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी काँग्रेसलाई तर्साएर वार्गेनिङ पावर बढाउन प्रचण्डसहितका दलहरु समाजवादी पार्टी बिच एकताको विषय उठान गरेको बताउनु भएको छ ।
प्रेस चौतारी चितवनले भरतपुरमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव रायमाझीले एमालेलाई एक्ल्याउने काँग्रेसलाई तर्साउने नीति प्रचण्डको रहेको बताउनुभयो । उहाले भन्नुभयो ‘सत्ताधारी गठवन्धनसंग देश निर्माणको कुनैपनि प्रष्ट नीति छैन उहाँहरुसंग मात्र एउटै उद्देश्य छ कसरी एमाले हराउने र मिलेर खाने ।’
बिचार राजनीतिबाट बिचलित भएपछि गठबन्धन बनाइएको छ , यो राजनीति सस्कार होइन । समाजबादमा पुग्नको लागि प्रष्ट कार्यदिशा हुनुपर्छ । गठवन्धनसंग देश निर्माणको कुनै योजना छैन कसरी एमालेलाई कमजोर बनाएर आफूले सत्तामा जाने यो भन्दा कुनै योजना नभएका पार्टीबाट समाजवाद आउछ भन्नु दिवा स्वप्न बाहेक केही हुदैन सचिव रायमाझीले भन्नुभयो ।
एमालेसंग देश निर्माणको प्रष्ट योजना, कार्यदिशा र क्षमता भएकाले जनताले एमाले रोज्ने बताउनुभयो । गठवन्धनका कतिपय नेताहरुले अनौपचारिक कुरामा वाध्यताले गठवन्धन गरिएको हो, यो तरिकाले देश निर्माण गर्न सकिदैन भन्ने धारणा दिएका छन् रायमाझीले भन्नुभयो ‘यस्तो अवस्थामा कसरी देश वन्छ अहिलेको सत्तागठवन्धन देशका लागि हानी बाहेक केही छैन ।’ स्थानीय तहको निर्वाचनमा एमाले लोकप्रिय पार्टी बनेकाले आउदो निर्वाचनमा एमाले पहिलो शक्ति भएर आउने दावी गर्नुभयो ।
आफूलाई समाजवादी पार्टी, समाजवाद तर्फ लक्ष्य भएको भन्दै हिड्ने पार्टीहरु पुजीवादको पक्षमा रहेको पार्टीको नेतृत्वमा रहेर विकास सम्भव नरहेको उहाले आरोप लगाउनुभयो । उहाले भन्नुभयो ‘कासी जान कासी जाने बाटो तय गर्नु पर्छ, अर्कै बाटोले हुदैन । पुजीवादी बिचारको नेतृत्वमा समाजवाद आउदैन । आफुलाई कम्युनिस्ट भन्नेहरु पुजीवादीको नेतृत्वकोपछि लाग्नु भनेको कासी जानु कुत्तीको हो ’ ।
नागरिकता विद्ययक सदनले पास गरिसकेपछि दोहि¥याएर फिर्ता गर्ने भन्ने हुदैन । विद्ययक देशको पक्षमा थिएन भन्ने सन्देश राष्ट्रपतिले दिनु भएको छ म्यासेज दिनु भएको बाँकी जनताले बुझ्ने छन् उहाले भन्नुभयो । कार्यक्रममा नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले चितवनको निर्वाचन क्षेत्र नं. ३ बाट सुर्य चिन्हबाटै चुनाव लड्ने गरी कोही स्वतन्त्र व्यक्ति आए छलफल गर्न तयार रहेको बतचाउनुभयो । गत संघीय निर्वाचनमा एमाले र माओवादी बिच एकता भएर माओवादी केन्द्रका अध्यक्ष प्ष्पकमल दाहाल प्रचण्ड निर्वाचित हुनु भएको थियो । सोही निर्वाचन क्षेत्रमा एमालेले कसलाई उठाउछ भन्ने चासो सवैले लिएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डनै सोही निर्वाचन क्षेत्रबाट लड्ने तयारी रहेको छ ।

 

 

शेयर गरौ

ताजा अपडेट