अनेमसंघ भरतपुर-१२ काे अध्यक्षमा गायत्री श्रेष्ठ सर्वसम्मत निर्वाचित

चितवन , २८ साउन ।

अखिल नेपाल महिला संघ भरतपुर -१२ वडा कमिटीकाे आज सम्पन्न अधिबेशनले गायत्री श्रेष्ठकाे अध्यक्षतामा नयाँ कमिटी चयन गरेको छ ।
संघकाे वडा कमिटीकाे पाँचौ अधिवेशनले श्रेष्ठकाे नेतृत्वमा ५१ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित गरेको हाे ।
नवनिर्वाचित कमिटीकाे उपाध्यक्षमा भुमा सापकोटा , सचिवमा अन्जना नेपाल र काेषाध्यक्षमा निनु रेग्मी चयन हुनुभएको छ ।

जमुना ढुङ्गानाकाे अध्यक्षता एवम् नेकपा(एमाले ) पाेलिट्व्युराे सदस्य देवीप्रसाद ज्ञवालीकाे प्रमुख अतिथ्यमा भएको कार्यक्रममा अनमेसङ्घका केन्द्रीय नेतृहरु शारदा कुमाल, शान्ति अधिकारी , शारदा थपलिया , अन्जु शर्मा दाहाल लगायत अतिथि रहनुभएकाे थियाे ।
एमाले केन्द्रीय स्कुल बिभाग सदस्य पुरुषाेत्तम न्याैपाने, पार्टी प्रदेश कमिटी सदस्य कृष्ण नेपाली , जिल्ला अध्यक्ष रामप्रसाद न्याैपाने, जिल्ला कमिटी सदस्य शेषमणि नेपाल , लेखराज पन्त, पार्टी वडाकमिटि अध्यक्ष तिलप्रसाद न्याैपाने लगायत अतिथिहरुले अधिवेशनमा शुभकामना मन्तव्य राख्नुभयाे । साे क्रममा बक्ताहरुले पार्टी संगठन सुदृढ बनाउन महिलाहरुले खेल्दै आएको भुमिकाकाे प्रशंसा गरेका थिए ।

शेयर गरौ

ताजा अपडेट