नारायणी नदीले वगाउदा एउटा गैंडा मृत भेटियो, अहिलेसम्म सत्रवटाको उद्दार

चितवन २८ साउन । नारायणी नदीले बगाउदा एउटा भाले गैंडा मृत अवस्थामा फेला परेको छ ।
नारायणी नदीको आइल्याण्ड (भांगालोको बिच) भागमा वसेको गैंडालाई नदीले बगाउदा भारतको वाल्मीकि क्षेत्रमा मृत अवस्थामा फेला परेको हो । नदीले बगाउदै लगेर गण्डक क्षेत्रको १० नं. ढोका भारत तर्फ मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।
२५ वर्षको भाले गैंडा खाग सहित फेला परेको थियो । भारतको भूमिमा मृत अवस्थामा फेला परेकाले भारतीय सुरक्षाकर्मीले नै गैंडालाइ जलाएका छन् । नेपालमा फेला परेको भए हामीले खागलाई सुरक्षित राखेर शरिरलाई गाड्ने गरिएको थियो वन्यजन्तु भारत तर्फ पुगेपछि उनीहरुकै हुने भएकाले भारतीय नियम अनुसार व्यवस्थापन गरेको तिवारीले जानकारी दिनुभयो ।
निकुञ्जका अनुसार नारायणी नदीको विभिन्न भागमा भंगालो हुने र त्यसको बिच क्षेत्रमा जंगल रहेको छ । त्यो जंगल आइल्याण्डमा गैंडा, जरायो, वदेल लगायत अन्य जंगली जनावरको वासस्थान हुने गर्दछ । वर्षातमा नारायणी नदीको सतह वढ्ने र ती जंगली क्षेत्रमा समेत बाढी आउने भएकाले पानीले वगाएर लैजाने गरेको सूचना अधिकारी तिवारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार नदीले लगाएर लगेका गैंडालाई अहिलेसम्म १७ वटाको निकुञ्जले उद्दार गरेर ल्याएको छ । भारतीय सिमा नजिक पुगेको भन्ने थाहा पाएर निकुञ्जको उद्दार टोली गएर ल्याउने गरेको जानकारी दिनुभयो । अव वर्षातमा वन्यजन्तु वगाउने घटना वृद्धी हुने निकुञ्जले जनाएको छ ।
सन् २०२१ को गैँडा गणना अनुसार नेपालमा ७५२ गैँडा रेकर्ड भएका छन । ती मध्ये ६९४ चितवनमा रहेका छन् । गत आर्थिक वर्षमा चोरी शिकारीको कारण दुइवटा र अन्य कारणले दुइवटा गरी ३७ वटा गैंडा मरेका छन् । निकुञ्जमा प्राकृतिक कारणले एक वर्षमा ३३ वटा गैंडा मरेका थिए । चालु आर्थिक वर्षमा प्राकृतिक कारणले एउटा मात्र गैंडा मरेको छ ।

शेयर गरौ

ताजा अपडेट