फेरि पहिरो खस्दा मुग्लिन नारायणगढ सडक अवरुद्ध

चितवन २३ साउन । मुग्लिन नारायणगढ सडकखण्डको केरावारीमा फेरि पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।
सोमबार अपरान्ह ५ बजे भरतपुर महानगरपालिका २९ केराबारीस्थित मौरी खोलामा पहिरो खसेपछि पुन बाटो अवरुद्ध भएको हो । लेदोसहितको पहिरोका कारण सडक पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो ।

सडक डिभिजन कार्यालयसँग समन्वय गरेर पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । एक हप्तामा दर्जनौपटक यहाँ पहिरो खसेर बाटो अवरुद्ध भएको छ । यस वर्ष दुइदिनसम्म बाटो अवरुद्ध हुदा यात्रुले सास्ती पाएका थिए । अहिलेको पहरिोपनि पन्छाएपछि फेर् िकती वेला बन्द ह्ुने कुनै निश्चित नभएको प्रहरीले जनाएको छ ।

शेयर गरौ

ताजा अपडेट