‘मेडिकल हब’ भएको जिल्लामा छैन नर्सिङ पढाई

शालिग्राम नेपाल
चितवन, २३ साउन । मेडिकल हवको रुपमा चर्चित चितवनमा पीसीएल नर्सिङ पढाउने अनुमती नदिदा यस वर्ष भर्ना नहुने भएको छ ।
चितवनमा १२ वटा कलेजले नर्सिङ पढाउदै आएका थिए । दुइ वर्ष अगाडिदेखि जिल्लाका ११ वटा सस्थाले विद्यार्थी भर्ना लिन छाडेका छन् । पीसीएल नर्सिङ पढाउनका लागि अन्य निजी कलेजहरूले सरकारी नीति नियम पूरा नगरेका कारण भर्ना गर्न छाडेका छन् । पीसीएल नर्सिङ पढाउने अनुमति पाएको भरतपुर अस्पतालले भने माथिल्लो तहका कार्यक्रम सञ्चालन गर्ने भएपछि नपढाउने निर्णय गरेको छ । भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले भन्नुभयो ‘हामीले अब स्नातक तहका कार्यक्रम मात्र पढाउने भएका छौ त्यसैले पीसीएल नपढाउने भएर यस वर्ष भर्ना लिएनौ ।’ नर्सिङ पढ्ने भए अन्यत्र जानु पर्दछ हामी अब पढाउदैनौ उहाले भन्नुभयो ।
चिकित्सा शिक्षा ऐनमा नर्सिङ कलेज सञ्चालन गर्न एक सय शय्याको अस्पताल अनिवार्य हुनुपर्ने व्यवस्था गरेपछि निजी कलेज पढाउने अवसरबाट वञ्चित भएका हुन् । विज्ञान पढ्न नसक्ने र स्वास्थ्य सेवामा लाग्नु भनेर वसेकाहरुलाई रोक्ने गरी ल्याएको नीति ठिक नभएको नेपाल नर्सिङ संघका वरिष्ठ उपाध्यक्ष रमेश सुब्बाले बताउनुभयो । पढ्न पाउने अवसरबाट बन्चित गर्दा पछि जनशक्तिको अभाव हुनेछ उहाले भन्नुभयो यो मात्र होइन नर्सिङ कलेजमा आवद्ध भएका जनशक्ति वेरोजगार भएका छन् । सरकारले नीति परिमार्जन गर्न जरुरी रहेको बताउनुभयो । सय बेड हुँदैमा गुणस्तरीय हुने र त्योभन्दा कम छैन, चिकित्सा ऐन संशोधन गरेर भएपनि पढ्न पाउने अधिकार बन्चित गर्न हुदैन ।
नर्सिङ पढाइ नहुने भएपछि अध्ययनका लागि चितवनका विद्यार्थी अन्यत्रै जानपर्ने भएको छ । यसले जनशक्ति बेड हुँदैमा गुणस्तरहीन हुने भन्ने र पैसा दुवै पलायन हुने भएकाले पीसीएल नर्सिङ पढाउन दिनका चितवनबाट उत्पादन गरिरहेका थिए । मैयादेवी कन्या कलेज, बालकुमारी कलेज, बोस्टन कलेज, एनपिआई, आशा, आइओएमटी, पुरानो मेडिकल कलेज, ओसिस, मौलाकालिका, चितवन एकेडेमी फर टेक्निकल टेक्निकल कलेज, श्री मेडिकल एण्ड टेक्निकल कलेज, भरतपुर अस्पतालमा पढाइ हुने गरेको थियो । नवलपरासीको गैंडाकोटमा रहेको कालिका मेडिकल एण्ड टेक्निकल इन्ष्टिच्युटले भने अनुमती पाएको छ । चितवनमा एउटापनि पीसीएल पढाउने कलेज नभएपछि एउटा मात्र सस्था गैंडाकोटमा भएपछि विद्यार्थीको चाप भने वृद्धि भएको छ ।
सरकारले लिएको नीति ठिक नभएको निजी अस्पताल सञ्चालकहरूको संस्था (अफिन) का अध्यक्ष नारायणसिंह कुवरले बताउनुभयो । हरेक वर्ष पाँच सय विद्यार्थी भर्ना हुने गरेका थिए अव ती विद्यार्थी जिल्ला बाहिर जाँदा अभिभावकलाई आर्थिक भार पर्दछ । नर्सिङ पढाइ सक्ने वितिकै रोजगार पाउदा परिवारमा सहयोग हुने गरेको थियो त्यो अब बन्द हुन्छ । नीतिमा सरकारले परिवर्तन नगरे पढाइ वन्द हुदा समाजमा नै असर पर्दछ यसको बारेमा सोच्न आवश्यक छ अध्यक्ष कुवरले भन्नुभयो । प्राविधिक शिक्षामा जोड दिने भन्ने राज्यको नीतिलाई यो कदमले व्यङग गरेको उहाको भनाइ छ । ’आफनै गाउँठाउँमा बसेर पढ्ने अवसर मात्र गुमाउँदै छैनन्, पैसा र जनशक्ति नै पलायन हुने अवस्था देखिन्छ, अन्य देशमा पढाइ हुने नर्सिङ शिक्षाभन्दा नेपालको शिक्षा उत्कृष्ट रहेको उल्लेख गर्दै उहाले चिकित्सा ऐन सन्सोधन आवश्यक रहेको बताउनुभयो । ।
पीसीएल नर्सिङ पढाएर जीवन चलाउदै आएका शिक्षकहरुको रोजगारी गुमेको छ । दुइ वर्षदेखि भर्ना नलिएका कलेजमा अहिले तेस्रो वर्षका विद्यार्थी मात्र पढ्दैछन् । उनीहरुको पढाइ सकिएपछि त्यसमा आश्रित जनशक्ति पूर्ण रुपमा वेरोजगार हुनेछन् ।

शेयर गरौ

ताजा अपडेट