‘द म्यान फ्रम काठमाण्डौ’ चैत्र १ बाट, नेपाल बाहिर अंग्रेजी भाषामा रिलिज

चितवन समाचार डटकम 

१३ फागुन ।

‘द म्यान फ्रम काठमाण्डौ’ यही चैत्र १ गतेबाट देशव्यापीरुपमा प्रदर्शनमा आउने भएको छ ।
चलचित्रको टिमले आज नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरी देशव्यापी रुपमा चलचित्रलाई प्रर्दशनमा आउन लागेको जानकारी दिएको छ । अग्रेजी र नेपाली दुवै भाषामा निर्माण गरिएको चलचित्रले नेपाली फिल्म उद्योगमा नयाँ प्रयोग भएको पत्रकार सम्मेलनमा निर्माता नखिम उद्दिनले जानकारी दिनु भयो । ‘नेपाली चलचित्रमा यो नयाँ प्रयोग भएको छ, अमेरिकामा वस्ने एक नेपाली नेपालमा आएर यहाँको सस्कृतिमा रमाउने विषय समेटिएको छ ’ उहाले भन्नु भयो ‘मुस्लिम र हिन्दू धर्म बीचको सम्वन्धलाई यस चलचित्रमा देख्न पाइन्छ ।’
नेपाली चलचित्रमा प्रविधि र कथा नयाँ विषय भएकाले दर्शकले मन पराउने निर्माता पक्षको विश्वास रहेको छ । द्वन्द्व प्रदान चलचित्रमा माया प्रेमलाई पनि समावेश गरिएको छ । अहिले बनिराखेको चलचित्र भन्दा फरक कथा र प्रविधिको प्रयोग भएकाले आफूलाई यसबाट धेरै आशा लागेको नायक कर्माले भन्नु भयो । नकरात्मक भूमिकामा प्रस्तुत हुनु भएका कर्मालाई आना शर्मा नायिकाले साथ दिनु भएको छ । यसमा नीर शाह, मिथिला शर्मा, भारतीय चलचित्रका चर्चित कलाकार गुलसन ग्लोवर, पाकिस्तानी कलाकार हामित शेख, जोश म्यनुयललगायत कलाकारको अभिनय रहेको छ । नेपाल बाहेक अन्य देशहरुमा अग्रेजी भाषामा रिलिज हुदैछ । चलचित्र ५ करोडको लगानीमा निर्माण भएको छ ।

ताजा अपडेट