एक्सपर्ट एजुकेशन चितवनले विभिन्न कार्यक्रम गर्दै वार्षिकोत्सव मनाउने

 

चितवन, २२ साउन । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज प्रा।लि।चितवन शाखाले विभिन्न कार्यक्रम गर्दै १९औं वार्षिकोत्सव मनाउने भएको छ ।

एक्सपर्ट एजुकेशनले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै सोमबार १९औं वार्षिकोत्सव भव्यताका साथ मनाउन लागेको जनाएको हो । पछिल्लो समय चितवनलगायत देशका विभिन्न ठाउँहरुमा रगत अभाव भइरहेका खबरहरु आइरहेका छन् । आफ्नो सेवासंगै समाजको सहयोगी भूमिका निर्वाह गरिरहेको एक्सर्ट यसपटक मानवीय सेवालाई प्राथमिकता राख्दै वार्षिकोत्सवको अवसरमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । रक्तदान कार्यक्रम भरतपुर–१०, एक्सपर्ट टावर ९रोयल सेन्चुरी होटल पछाडी० आफ्नै भवनमा विहान ८ बजेबाट सुरु हुनेछ । एक्सपर्टले यस रक्तदान कार्यक्रममा सहभागि जनाई मानवीय सेवामा योगदान पु¥याउन सम्पूर्ण चितवनबासीहरुमा हार्दिक आह्वान समेत गर्दछौं ।

यस्तै एक्सपर्टले यसपटक पत्रकारिता क्षेत्रलाई पनि प्राथमिकतामा राख्दै पुरस्कार स्थापना गरेको छ । १९ वर्ष पुरा भई २०औं वर्ष प्रवेशको अवसरमा एक्सपर्ट चितवनले ‘एक्सपर्ट शिक्षा पत्रकारिता पुरस्कार–२०२२’ प्रदान गर्ने घोषणा गरेको छ । प्रत्येक वर्ष शिक्षा क्षेत्रमा कलम चलाउने जिल्लाका क्रियाशिल पत्रकारहरु मध्य एक जनालाई पुरस्कार प्रदान गरिने एक्सपर्ट चितवनका निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । ‘समाज परिवर्तनमा पत्रकारिता क्षेत्रको भूमिका अह्म छ, एक्सपर्ट एजुकेशनलाई यहाँसम्म ल्याई पु¥याउन पत्रकार र संचारमाध्यमको भूमिका निकै महत्वपूर्ण छ, यसैको मूल्यांकन गर्दै हामीले ‘एक्सपर्ट शिक्षा पत्रकारिता पुरस्कार–२०२२’ घोषणा गर्न पाउँदा उत्साहित छौं’–निर्देशक अधिकारीले भने ।

त्यस्तै वार्षिकोत्सवकै अवसरमा एक्सपर्ट सोमबार साँझ नै देवघाटस्थित वृद्धाश्रममा आश्रित वृद्धवृद्धाहरुलाई खाना खुवाउने कार्यक्रम समेत राखेको छ ।
सन् २००३ अगष्ट ८ तारिखमा अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय स्थापना भई संचालनमा आएको एक्सपर्ट एजुकेशन सोमबार अगष्ट ८ तारिखका दिन १९ वर्ष पुरागरि २०औं वर्षमा प्रवेश गर्दैछ ।

यस विशेष दिन नेपाललगायत विश्वका सबै शाखा कार्यालयहरुले विशेष रुपमा धुमधामका साथ वार्षिकोत्सव कार्यक्रम मनाउँदै छन् । एक्सपर्ट एजुकेशनले नेपालका प्रमुख शहरहरुलगायत विश्वका १४ देशमा ५० भन्दा बढी शाखाहरुबाट सेवा संचालन गरिरहेको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई विगत दुई दशकदेखि आधिकारिक र विश्वसनीय परामर्श प्रदान गर्दै आइरहेको छ ।

शेयर गरौ

ताजा अपडेट