एमाले ढाल्न कांग्रेस बञ्चरो, प्रचण्ड र माधव बिंड बने : ओली

काठमाडौँ २१ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई बञ्चरो, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई त्यसको बिँडको संज्ञा दिएका छन् ।

आज (शनिवार) कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उनले बिँड बिनाको बञ्चरोले रुख ढाल्न नसक्ने र एमालेरुपी रुख ढाल्न प्रचण्ड र माधव नेपालले बिँडको भूमिका खेलेको आरोप लगाए । दुई तिहाईको कम्युनिष्ट सरकार तिनै बिँडले ढालेको भन्दै प्रचण्ड र माधव नेपालको पछि लाग्ने कार्यकर्तालाई कम्युनिष्ट पार्टी सिध्याउने बिँडको भूमिकामा नलाग्न सम्झाउने अभियान थाल्न आग्रह गरे । अध्यक्ष ओलीले रुख बञ्चरोको कथा समेत सुनाउन भ्याए ।

एमाले अध्यक्ष ओलीले सुनाएको बञ्जरोको कथा जस्ताको तस्तै 
संसदीय निर्वाचन र प्रदेशसभाका लागि हुने निर्वाचन मंसिर ४ गते हुँदै गरेको निर्वाचनमा भाग लिन लागिरहेका छौँ । पञ्चायतकालको शासनले कांग्रेसलाई दमन गरेको थियो । कांग्रेस शासनमा आएपछि उसले दमन गर्न सुरु गरेको छ । अहिले हामी कांग्रेसको चर्को दमनभित्र परेका छौँ, उसलाई दमन गर्न सजिलो भएको छ ।

हिजो पनि मैले एक ठाउँमा भनेको थिए । बञ्चरो लिएर एक जनाले रुख ढाल्न थालेछन् । वरिपरिका रुखहरू बराबरी आँशु खसालेर रुन लागेछन् । अरु रुखहरूले सोधे किन यसरी आँशु खसाएर रुन थालेको ? आखिर ढल्नु त छँदैछ । अब ८ अर्बपछि केही बीचमा भएन भने, बीचमा भयो भने त ध्वस्त भइहाल्छ, केही नभई यसै शान्त ढंगले चल्ने हो भने ८ अर्ब वर्षपछि यो पृथ्वी समाप्त हुन्छ । अब ८ अर्ब वर्षमात्र बाँकी छ । यो पृथ्वी वैंशमा छ अहिले । कुनै दुर्घटना भए बैंशमा पनि जान सक्छ । भएन भने पनि ८ अर्ब वर्षपछि त खत्तम हुन्छ ।

शेयर गरौ

ताजा अपडेट