चितवन १९ साउन । आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद खनालले हरेक नागरिकले सरकारी कार्यालयबाट सूचनाको हक प्रयोग गरेर सूचना लिन अनुरोध गर्नु भएको छ ।
सूचनाको हक सम्वन्धी एकदिने अन्तरक्रिया कार्यक्रममा विहीबार भरतपुरमा सम्वोधन गर्दै उहाले सूचना लिने दायित्व पत्रकारको मात्र नभइ हरेक नागरिकको रहेको बताउनुभयो । उहाले कार्यालयले गरेको कामकार्वाही र सेवाको विषयमा जानकारी लिने, गुनासो गर्ने, गुनासो सुन्ने नियकाय रहेकाले निर्धक्क भएर सूचनाको प्रयोग गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवि शर्माले कार्यालयले सम्पादन गरेका कामको विषयमा सूचना पाउने अधिकारी नागरिकको रहेको बताउनुभयो । कार्यक्रममा वागमती प्रदेश प्रेस रजिष्टार रेवती सापकोटाले भरपार्दो सूचना लिनु अनुरोध गर्नुभयो । हतारमा सूचना लिदा गतल सन्देश जाने भएकाले सूचना लिने र दिने दुवैले आवश्यक ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।
प्रदेश सूचना पुनरावेदन समिति हेटौडाका अध्यक्ष हरिप्रसाद अधिकारी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुृन अधिकृत मदनप्रसाद शिवाकोटीले सूचनाको हक र प्रयोगको विषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा प्रदेश मन्त्रालय अन्तर्गतका सरकारी कार्यालयका सूचना अधिकारी, वार एशोसियसनका जिल्ला अध्यक्ष रामकृष्ण अधिकारी, जिल्लाका पत्रकार संग आवद्ध संघ सस्थाका प्रतिनिधिहरु, मानवअधिकारकर्मीलगायतको सहभागिता रहेको थियो ।


