चितवन, १९ साउन । पहिरोका कारण अवरुद्ध भएको मुग्लिन नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विहीबार दिउसो १२ः३० बजेको समयमा भरतपुर महानगरपालिका २९ केराबारीमा खसेको लेदो सहितको पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको हो । सोही स्थानमा ठुलो पहिरो आएर सोमबार रातिदेखि मंगलबार रातिसम्म अवरुद्ध भएको थियो वुधबार सञ्चालनमा आएको सडकखण्ड विहीबार पुन अवरुद्ध भएको थियो ।
केरावारी र मौरी पुलमा आएको पहिरो पन्छाएपछि दिउसो १ः५० बाट सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो । पहिरोले यात्रामा रोकिएका यात्रुहरु गन्तव्यमा लागेका छन् ।