दुइ फरक दुर्घटनामा दुइजनाको मृत्यु

चितवन, १८ साउन । चितवनमा भएको दुइ फरक दुर्घटनामा दुइजनाको मृत्यु भएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्र्तगत पूर्वी चितवनको राप्ती नगरपालिका वीरेन्द्र चोकमा भरतपुरबाट हेटौंडा तर्फ जाँदै गरेको ना ६ ख ५९८६ नम्बरको ट्रकले ठक्कटर दिदा रमिता तामाङको मृत्यु भएको छ । गुडिरहेको टङकले बागमती प्रदेश ०३–००३ प १२०९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट राप्ती नगरपालिका–६ हर्दीकी २४ वर्षीय तामाङको मृत्यु भएको हो । ट्रकको ठक्करबाट गम्भीर घाइते भएपछि भरतपुर अस्पतालमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
त्यसैगरी घटनामा स्कुटर चालक सोही ठाउँका २८ वर्षीय सुशिल कुँवरको हात र खुट्टामा चोट लागेको छ । मृतक रमिता कुँवरको श्रीमती रहेको प्रहरीले जनाएको छ । उक्त स्थानमा इलाका प्रहरी कार्यालय भण्डारा र इलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरी टोली खटी गई ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएका छन् ।
यस्तै गरी नारायणगढको गंगोत्री मार्गमा रहेको शुभरात्री गेष्ट हाउसको तीन तलामाथिबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार मंगलबार राति आठ बजेर ३५ मिनेट जादा तीन तला माथिबाट खसेका वीरगञ्ज महानगरपालिका–१ का ४१ वर्षीय कमलेश कुमार साह कानुको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
गेष्ट हाउसको रुम नं. १४ मा बसेका साह तीन तलामाथिबाट खसेको भन्ने जानकारी प्राप्त हुन साथ वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा टोली खटी गई घाइते कानुलाई उपचारको लागि भरतुर अस्पताल पठाएकोमा उपचारको क्रममा राति अस्पतालमा मृत्यु भएको हो ।

शेयर गरौ

ताजा अपडेट