जवरजस्ती करणीको अभियोगमा मगर पक्राउ

 

चितवन १७ साउन । जबरजस्ती करणी आरोपमा चितवन प्रहरीले कालिका नगरपालिकाका संजोग मगरलाई पक्राउ गरेको छ। कालिका नगरपालिका–८ बस्ने २१ वर्षीय मगरले खैरहनीकी महिलालाई (नाम परिवर्तित) लाई यही साउन १३ गते राति करिब साढे १० बजेको समयमा करणी गरेको अभियोगमा पक्राउ गरेको हो ।
मगरले राप्ती नगरपालिका ५ चौकीडाँडास्थित चौतारामा भेट्न बोलाई करणी गरेको प्रहरीको अनुसन्धानले देखाएको छ।
चितवन प्रहरीका अनुसार मगरले चौतारोमा भेट्न बोलाई माया गर्ने र विवाह गर्ने प्रलोभन देखाएपछि डर धम्की देखाउँदै जबरजस्ती करणी गरेको पीडितले बताएकी छन्। करणीको आरोपमा मगरलाई चितवन प्रहरीले साउन १४ गते राति करिब १० बजेको समयमा खैरहनी नगरपालिका वडा नं।४ बाट पक्राउ गरी थप अनुसन्धान गरिरहेको चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो।

शेयर गरौ

ताजा अपडेट