पहिरोखस्दा मुग्लिन नारायणगढ सडकखण्ड सोमबार रातिदेखि अवरुद्ध: आज नखुल्ने

चितवन १७ साउन । चितवनको मुग्लिन नारायणगढ सडकखण्डको विभिन्न स्थानमा खस्दा सोमबार राति ११ बजेदेखि राजमार्ग अवरुद्ध भएको छ ।

भारी वर्षाका कारण सडकखण्डको केराबारी र सत्रकिलोमा ठुलो पहिरो आएरर बाटो अवरुद्ध भएको हो । सानो ठुलो गरी अन्य स्थानमा पनि पहिरो आएको थियो । अन्य स्थानको पहिरो पन्छाएपनि मुग्लिन नारायणगढ सडकखण्डको केराबारी र सत्रकिलोमामा ठुलो पहिरो आएकाले मंगलबार बाटो खुलाउन नसकिने जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले बताउनुभयो ।

मुग्लिन काठमाण्डौ सडक खण्डमा पनि पहिरो आएको थियो त्यहाँ पन्छाएर बाटो खुलाइएको छ तर मुग्लिन नारायणगढ सडक खण्ड भने सञ्चालन गर्न सकिएको छैन । पानी परिरहेको अवस्थामा मंगलबार रातिसम्म पनि बाटो खुलान सकिने अवस्था छैन उहाले भन्नुभयो । पानी पर्ने र पहिरो आउने क्रम रोकिएको छैन । केरावारी र सत्रकिलोको पहिरो ठुलो भएकाले तत्कार सम्वभ छैन उहाले भन्नुभयो डोजर र जनशक्ति तयार अवस्थामा छ तर काम गर्न सकिने वातावरण छैन ।

लेदो सहित रुख समेत खसेकाले पहिरो पन्छाउन कठिन भएको छ । बाटो अवरुद्ध भएपछि राजधानी, पोखरा जाने आउने सवै यातायात रोकिएका छन् ।
यस्तै गरी नारायणगढ आपटारी सडक खण्डमा रुख ढलेर गुडिरहेको दुइवटा मालवाहक ट्रकमा क्षती पुगेको छ । प्रहरीका अनुसार ग १ ख ३३२६ र ना १ क ३२९६ नम्बरको ट्रकमा क्षति पुगेको छ । यी दुई ट्रकमा एकमा मोटरसाइकल र एकमा ग्यास सिलिन्डर रहेको थियो । मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ । ढलेको रुखका कारण बाटो चार घण्टा अवरुद्ध भएको थियो । नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी सहितको टोलीले रुख काटेर बाटो खुलाएका थिए ।

सतर्क रहनु प्रशासनको अनुरोध
निरन्तरको वर्षसँगै नदीहरुमा पानीको सतह बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय चितवनले सर्तकता अपनाउन नागरिकलाई अनुरोध गरेको छ ।
भारी वर्षाेले नारायणी, राप्ती, रिउलगायतका ठूला तथा साना नदी र खोलाहरुमा पानीको सतह निरन्तर बढिरेको भन्दै उच्च जोखिममा रहेका स्थानमा बसोबास गर्ने सबैलाई प्रशासनले सुरक्षित रहन आग्रह गरेको हो ।

देवघाटमा नारायणी नदीको पानीको सतह खतरातह नजिक पुगेको छ । निरन्तर वर्षातको कारण नारायणी, राप्ती लगायतका अन्य ठूला र साना नदीहरूको आसपासको क्षेत्रमा बाढी, पहिरो, कटान, डुबानको सम्भावना रहेको प्रशासनले जनाएको छ ।

जोखिमको अवस्था हेरी तत्काल सुरक्षित स्थानमा जान समेत अनुरोध गरेको छ । बाढी आएको अवस्था तथा नदीको सतह उच्च रहेको जोखिमको समयमा नदी नालाहरुमा माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा संकलन गर्ने जस्ता कार्य नगर्न र नगराउन ध्यानाकर्षण गरेको छ ।

साथै नारायणगढ –मुग्लिङ सडकखण्डको विभिन्न ठाउँहरुमा पहिरो जाने क्रम जारी रहेको हुदा वैकल्पिक बाटो प्रयोग गर्न सूचित गरिएको छ । मनसुनजन्य विपद्को घटना घटेमा नेपाल प्रहरीको १०० नम्बर वा जिल्ला आपतकालिन सञ्चालन केन्द्रको मोबाइल नम्बर ९८४४२०८८८८ मा जानकारी गराउन प्रशासनले आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी आसमान तामाङका अनुसार मंगलबार साँझसम्म मानवीय क्षती जिल्लामा नभएको जानकारी दिनुभएको छ ।

पहिरोको कारण चेपाङको घर जोखिम
लगातार आएको वर्षातको कारण चितवनको राप्ती नगरपालिका १० किरनटार स्थित सन्तवहादुर चेपाङको घर जोमिमा परेको छ । पहिरोले मानवीय क्षती नभएपनि घर भत्काएर वस्न नसकिने अवस्थामा पुगेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घर भत्केपछि सुरक्षित स्थानमा सारिएको छ ।

शेयर गरौ

ताजा अपडेट